२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

इभी दुर्घटना, ४ जना घाइते

डडेल्धुराः कैलालीको गोदावरीमा इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । डडेल्धुराबाट अत्तरिया तर्फ आउँदै गरेको सुप प्र ०२१ ज ४७९ नम्बरको इलेक्ट्रिक भ्यान बुधबार दिउँसो गोदावरीको भ्यागुतेपानीमा दुर्घटना हुँदा ४ जना घाइते भएका हुन ।

घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका – १ की ३६ वर्षीय कमला निदाल, कैलालीको चुरे गाउँपालिका – ६ की २६ वर्षीय लक्ष्मी सापकोटा, उनका ४ वर्षीय छोरा युवराज सापकोटा र चुरे गाउँपालिका – ८ की २६ वर्षीय वन्दना उपाध्याय रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइतेको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । इलेक्ट्रिक भ्यान ब्रेक लगाउन खोज्दा सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।