२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

सुदूरपश्चिममा ड्रग्स युजरको अनौठो टेक्निक, ‘ब्रा’ भित्र लुकाउँछन् युवती

धनगढीः सुदूरपश्चिममा पछिल्लो समय युवतीहरु लागुऔषधको दलदलमा फस्दै गएको प्रहरी रिपोर्टले देखाएको छ। प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका अनुसार पछिल्लो समय युवामात्र होइन, लागुऔषध प्रयोगकर्तामा युवतीको सँख्या पनि बढ्दै गएको छ।

हिजोमात्रै कञ्चनपुरमा एक युवतीसहित २ जना लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार हिजो (आइतबार) भीमदत्त नगरपालिका—१२ की २० वर्षीया ललिता जोशी र सोही नगरको वडानम्बर १८ का २२ वर्षीय शिरिस बोगटी पक्राउ परेका हुन्।

उनीहरुको साथबाट प्रहरीले प्लाष्टिकसहित ३.६५ ग्राम लागुऔषध (खैरो हिरोईन) बरामद गरेको थियो। स्रोतका अनुसार युवतीले ब्रा ९गोप्य अंगभित्र सेतो प्लास्टिकभित्र बेरेर २ थान पुडिया लुकाएको अवस्थामा लागुऔषध बरामद गरिएको हो।

गोप्य सूचनाको आधारमा वरिष्ठ सई केशब जोशी नेतृत्वको लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरको टोलीले दुबै जनालाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ। यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।

notice
notice
खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।