२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

शालीन मृत्यु प्रकरणमा प्रहरीले मुख खोल्यो, अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषय सम्प्रेषण नगर्नू

काठमाडौँः चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी बालिका शालीन पोखरेलको मृत्यु प्रकरणमा वैज्ञानिक तथ्यका आधारमा अनुसन्धान जारी रहेको चितवन प्रहरीले जनाएको छ।

उक्त घटनाका विषयमा सञ्चारमाध्याम तथा सामाजिक सञ्जालमा फरकफरक धारणाहरु सार्वजनिक भइरहेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै चितवन प्रहरीले घटनाको अनुसन्धान प्रभावित हुने गरी कुनै पनि सामाग्रीहरु सम्प्रेषण नगर्न अनुरोध गरेको छ।

चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले आज एक सूचना जारी गरी वैज्ञानिक तथ्यका आधारमा वस्तुनिष्ठ अनुसन्धान जारी रहेको र वैज्ञानिक परीक्षणको रिपोर्ट हालसम्म प्राप्त नभइसकेको अवस्थामा अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न अनुरोध गरेका हुन्।

यही फागुन १२ गते उक्त घटना भएको थियो। परिवारकातर्फबाट बलात्कारपछि हत्या भएको आरोपमा किटानी जाहेरी समेत परेको छ। प्रहरीले स्कुलका प्रिन्सिपल बालहरि देवकोटासहित तीन जनालाई पक्राउ गरेको छ। स्कुल पक्षले भने आत्महत्या गरेको दावी गर्दै आएको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।