२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

एमाले डडेल्धुरा जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले सम्बोधन गर्ने

डडेल्धुराः एकीकृत नेकपा एमाले डडेल्धुरा जिल्लाको ९औँ अधिवेशन पहिलो पटक जिल्ला सदरमुकाम बाहिर आयोजना गरिने भएको छ । जिल्ला सदरमुकाम डडेल्धुरामा केन्द्रित हुने अधिवेशन यस पटक भने भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिकामा हुने भएको छ । सोमबार अधिवेशन लोगो सार्वजनिक गर्दै एनेकपा एमाले जिल्ला कमिटि डडेल्धुराले ९औँ अधिवेशन परशुराम नगरपालिका १२ लालढुंगा बजारको रंगशालामा हुने जानकारी दिएको छ ।

एमाले जिल्ला कमिटि संयोजक गजेन्द्र बहादुर शाहीले फागुन ३० गते एमाले केन्द्रिय अध्यक्ष क। केपी ओलीले उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । अधिवेशनका लागी लोगो समेत बनाईएको थियो । एमाले केन्द्रिय सदस्य पठान सिंह बोहराले लागो सार्वजनिक गरे ।

नेकपा एमालेको चुनाव चिन्ह सूर्यको भित्रि भागमा ९औँ, हसिया हथौडाको चिन्ह र डडेल्धुराका सात वटै स्थानीय तहहरुको नक्सासहितको लोगो सार्वजनिक गरिएको छ । अधिवेशन सम्पन्न गर्न स्थानीय तहका कमिटिहरु लाई विभिन्न जिम्मेवारी दिईएको संयोजक शाहीले जानकारी दिए ।

उनका अनुसार परशुराम कमिटिले आवास र भोजनको व्यवस्था गर्ने, अमरगढी कमिटिले यहाँको ताजा तरकारी उपलब्ध गराउने, नवदुर्गाले दाल, गन्यापधुराले दाल, घ्यू लगायत अन्य स्थानीय तहका कमिटिहरुले पनि खाद्यान्न उपलब्ध गराउनेगरि जिम्मेवारी तोकिएको छ ।

९औँ अधिवेशनमा जिल्ला अध्यक्षका लागि हाल दुई जना उम्मेदवार देखिएका छन । हाल संयोजक रहेका गजेन्द्र बहादुर शाही र पूर्व सचिव एवं सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरा अध्यक्षको दौडमा छन ।

९औँ अधिवेशनमा सहमतीको वातरवरण बनाई अध्यक्ष लगायत सिंगो जिल्ला कमिटि गठन गर्ने प्रयासमा रहेको बोहराले बताए । उनका अनुसार एमाले छोडेर सामाजवादी पार्टी तर्फ लाग्नुभएका पूर्व एमाले नेताहरु संग निरन्तर संवाद जारी रहेकाले जिल्ला पदाधिकारीमा पद बाँडफाड गरि नयाँ जिल्ला कमिटि बनाईने प्रयास गरिदै छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।