२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

डडेल्धुराको परशुराममा सुविधासम्पन्न पुस्तकालय बन्दै

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बन्ने भएकोछ । नगरपालिकाको त्रिवेणी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न पुस्तकालय स्थापना हुने भएको हो । परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीका अनुसार पुस्तकालय स्थापनाका लागि सुदूरपश्चिम विश्वविद्यालयसंग नगरपालिकाले सहकार्य गरेकोछ ।

“परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बनाउने हाम्रो प्रतिबद्धता अनुरूप गरिएका बिभिन्न प्रयासहरुले सार्थकता लिँदै गएका छन्”, मेयर जोशीले भने, यसै क्रममा परशुराम नगरपालिका र सुदूरपश्चिम विश्वविद्यालय बीचको सहकार्यमा त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा सुविधासम्पन्न पुस्तकालय बनाउनका लागि डीपीआर तयार भएको थियो ।

मेयर जोशीका अनुसार डीपीआर तयार भएर पुस्तकालय स्थापनाका लागि टेन्डर समेत आह्वान गरिएको छ । विश्वविद्यालयले टेण्डर आह्वान गरेको हो ।पुस्तकालय स्थापनाका लागि एक करोड ६० लाख बढीमा पुस्तकालय स्थापना गर्ने लागत इस्टिमेट बनाइएको छ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।