२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

सम्झनामा भजन शिरोमणी भक्तराज आचार्य

काठमाडौँ-  भजन शिरोमणी भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाएका उनको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ । स्वर्गिय आचार्यको राष्ट्रिय सम्मानका साथ बिदाइ गरिने तयारी छ । भजन शिरोमणिका उपनामले चिनिने नेपाली गीतसङ्गीत जगतका अनन्त तारा उनको वि।.सं. १९९९ साल असोज १६ मा धनकुटामा जम्म भएको थियो ।

२०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए । उनको बोलीमा पनि समस्या आएको थियो ।  उनका एकदिन मैले प्रभुसँग सोधेँ, तन मन बचनले प्रभु नाम गाउँ, सब निदाए प्रभु, लौन अब मेरो प्रभु लगायत दजनौं भजन लोकप्रिय छन् । त्यस्तै सयौं गितमा संगित भर्नुका साथै उनका जीवन भनुँ त घात छ, मुटु जलिरहेछ, यो मन गलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, सबै बेहोसी नशा पिएरलगायत सयौं कर्णप्रिय गित आज पनि चर्चित छन् ।

स्वर्गिय आचार्यले भजन शिरोमणि, पद्मश्री पुरस्कार, गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो), वीरेन्द्र९(ऐश्वर्य) सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय सङ्गीत सम्मान २०७५ लगायत थुप्रै लाईफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुभएको छ ।

May be an image of text

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।