२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

अशिग्राम मावि. रुपालको ६९ औ बार्षिक उत्सब सम्पन्न (हेरौं फोटो फिचर सहित)

डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुराको भोगश्वर—२ मा रहेको अशिग्राम माध्यमिक विद्यालयको ६९ औ बार्षिक उत्सब सोमवार सम्पन्न भएको छ ।
अशिग्राम माविले सास्कृतिक कार्यक्रम विभिनन विधामा विद्यार्थीहरुलाई सम्मान सहित विभिन्न प्रतियोगिता गरि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चर्चित गायक तथा मोडेल रमेश मल्ल र मोडल पुस्पा बोहरा मुख्य आकर्षक रहेका थिए ।
विव्यस अध्यक्ष गोपि भारतीको अध्यक्षतामा रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत रहेका थिए भने संचालन शिक्षक दौलत टमाटाले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र बाहादुर पान्डेले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउपलिका अध्यक्ष हेम राज चटौतले यो विद्यालय भागेस्वोर गाउँपालिकाको मात्र नभएर समग्र डडेल्धुरा जिल्लाको ,सुदुरपस्चिम कै अग्रणी सस्थाका रुपमा उदयमान विद्यालयले शिक्षा क्षेत्र को उज्यालो छर्ने काम गरिरहेको बताएका हुन ।

जब सम्म शिक्षा हुदैन शिक्षा को उज्यालो घाम ले यो समाजलाई उदयमान बनाउदैन तब सम्म हाम्रो जीवन ब्यर्थ हुन्छ उनले बताए ।डडेल्धुरा जिल्लामा शिक्षाको बिकाशमा अग्रणी भुमिका खेल्दै आएको अशिग्राम मावी २०११ सालमा स्थापना भएको हो । विद्यालयले औपचारिक रुपमा २०२१ सालमा कक्षा १ देखि १० सम्मको स्वकिृत पाई २०६४ साल देखि उच्च माध्यमिक तहको स्विकिर्ती प्रदान गरि कक्षा ११ र १२ को पठनपाठन संचालन गर्दै आइरहेको समेत विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर पान्डेले जानकारी दिए । कार्यक्रममा विभिन्न सास्कृतिक देउडा खेल ,नाच, मार्च पास, नाटक, सम्मान कार्यक्रम लगायत विभिन्न क्रियाकलाप कार्यक्रम सम्पन्न भएको हो ।
भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोसः

हेरौं फोटो फिचरः

Facebook

 

 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।