२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

कविता :”रिप्लाइ गर न प्यारे “

प्यारे , ए प्यारे ,

केही त रिप्लाइ गर न

मैले बिहानै उठ्दा तिमिलाइ पठाएका राती सुत्दा खेरी पठाएका ,

खाना खादै गर्दा पठाएका यी मेरा मेसेजहरु ,

मेरो मेसेन्जर बक्समा केही त रिप्लाइ आउँछ कि केही त पठाउछौ कि भन्ने प्रतीक्षा गरिरहेका छन म के भनेर सम्झाउ यिनलाई तिमी आफै भनन ।।

ए सुनन प्यारे ,

तिमी अनलाईन भएको बेला मैले पनि त तिमिलाइ मेसेज पठाउने गर्छु , मैले मेसेज पठाउदा तिम्रो मेसेन्जरको घण्टी नै बज्दैन कि मेरा मेसेज नै आउदैनन भनन प्यारे ए प्यारे भनन ।।

प्यारे ,

समय भएको बेला त मेरा ती मायारुपी मेसेजहरु पढन एकचोटि ,

दु:ख त त्यति बेला लाग्छ जति बेला तिमी मेरो मेसेज हेरेर या नहेरेरै छोडिदिन्छौ ,

समय भएको बेला त मेरा ती घृणारुपी मेसेजको जवाफ त फर्काइदेउ प्यारे ।।

म त ,

अरु कसैको मेसेज आए पनि तिम्रै मेसेज हो भनेर झट्ट मेसेन्जरमा हेर्ने गर्दछु गर न प्यारे म पहिले देखि तिम्रो मेसेज आउँछ कि भनेर कुरिरहेको छु कति खेर गर्छौ हँ कि मलाइ मेसेज गर्न ति तिम्रा हातका औंला नै चल्दैनन ,।।

प्यारे ,

तिमी त मेसेज नलेखौला तर मेरा हातका औंलाहरु, उसलाइ पनि सम्झ भन्छन ,

उसलाइ पनि केही त लेख भन्छन ,

अनि यो सिसाको प्रखाल मा कुन अक्षर कहाँ छ भनी लरबराउछन , तिमी आफै भन प्यारे,

म के भनेर सम्झाउ यिन लाइ ।

प्यारे,

म हरेक समय तिमीलाइ मेसेज गर्न सक्दिन होला ,

किनकी मेरा हात का औंलाहरु मेसेज गर्दा गर्दै ,

थाकी सकेका हुन्छन,

यदि मिल्छ भने कुनै बेला तिमी पनि त मेसेज गर न है ,

रोकिएका ती औलाहरु ,

एक चोटि मेरो लागि भए पनि चलाइदेउ न त है प्यारे ।।

बढि नभए नि मलाइ ,

सन्चो बिसन्चो त सोध्ने गर न ,

हुन त फुल जस्तै फुलेको तिमी ,

म त खडेरी पर्दा झरेको पात , जुन जस्तै उदाएको तिमी ,

पर्दा पछाडिको उज्यालो म ,

तिमी मौसमी फुल हौ भने म त ,

म त बेमौसमी फुल तर एकचोटि आउन प्यारे ए प्यारे ,

आउन अरु नभए पनि बेमौसमी फुलको सुगन्ध कस्तो छ भनेर थाहा पाएर

त जाउ ,

केही अलिकति तिम्रो लागि उपहार लिएको छु ,

लगेर त जाउ ,।।

प्यारे ,

यी मेरा अन्धा अँखाहरु यति सम्म अन्धा भइ दिएकी ,

बाटोमा हिड्ने जो कोहिलाई पनि ,

तिमी जस्तै देखिन्छन भनेर चस्मा लगाउने गर्दछ्न ,

मैले मेसेन्जर खोल्नु भन्दा पहिलै तिम्रो मेसेज हेर्ने पुग्छन ,

तर तिम्रो त जवाफ नै हुदैन ,

एक चोटि त गर प्यारे मलाइ तिमी सङ्ग धेरै बोल्न मन छ,

झगडा गर्न मन छ तिमीले खाना खायौं खाएनौ तिमीलाई कस्तो छ ?

सन्चो छ कि बिसन्चो छ यी सबै कुरा सोध्न मन छ,

तिम्रो काखमा रुन मन छ ,

एक चोटि त रिप्लाइ गर न प्यारे ।।

प्यारे ,

यदि मेसेजको जवाफ दियौ भने छिट्टै शुभरात्री नभनी दिनु ,

किनकी मैले अझै कुरा गर्नु छ ,

तिमीले शुभरात्री भन्दा ,

मेरा अन्धा अँखा पनि कतै निद्राका प्यारा बनिदिन्छ कि ,

                                                       लेखक: हरिश चन्द/ महेन्द्रनगर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।