डडेल्धुराः ग्लोबल आईएमई बैंक लिमिटेड शाखा कार्यालय डडेल्धुराले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रम शनिवार सम्पन्न गरेकोछ।
जिल्ला सदरमुकाममा बिभिन्न सरोकारवाला ब्यक्तिहरु संग गरेको कार्यक्रममा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङको अर्थ यसको महत्व लगायतका बारेमा जानकारी गराईएको छ ।
सहभागीहरुलाई बैंकका शाखा प्रबन्धक प्रकाश दत्त भट्टले बैंकमा डिजिटल प्रविधिको प्रयोग गर्ने तरिका, डिजिटल कारोबार बाट हुने फाईदा, डिजिटल बैंकिङमा हुन सक्ने समस्या र यसबाट सुरक्षित रहने तरिकाका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
साथै उनले फेसबुक, म्यासेन्जर, ह्वाटसप लगायतका सामाजिक सञ्जालमा आउने अनावस्यक प्रलोभनबाट सावधानी रहन समेत आग्रह गरेका छन । कार्यक्रममा डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, यसको फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानी लगायतका विविध पक्षबारे जानकारी दिइएको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको जनाउदै भट्टले यस्ता साक्षरता कार्यक्रमहरु ग्रामिण बस्ती सम्म पु¥याउने बताए । बैंकिङ सेवा छिटो, छरितो र कम समयमै घरमै बसेर पनि लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरुले सहयोग पु¥याउने बैंकको बिश्वास छ ।