२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

डडेल्धुरामा दादुरा रुबेला खोप अभियान १३ गते बाट सुरु हुने

डडेल्धुरा (डिआर भट्ट)-  फाुगन १३ देखि १६ गते देखि डडेल्धुरामा दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । दादुरा रोग मिजल्स भाईरसबाट हुने अति छिटो सर्ने संक्रामक रोग हो । रुबेला रोग रुबेलाई भाईरसबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोग सामानयतया ५ बर्ष मुनिका बालबालिकाहरुमा देखा पर्ने हुन्छ । कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले जानकारि दिएका छन् । उनले थपे बालबालिकामा खामेप लगाएमा सुरक्षित रहने भएमकाले सबैले खोप लगाउनु समेत अनुरोध गर्दछु । खोपका बारेमा जानकारि दिनका लागि हामीले प्रचारप्रसार गर्दै आएका छौ । स्वास्थ्यकर्मि लाई तालिम दिने कार्य गरिसकेका छौ ।

डडेल्धुराका १ सय ८० ओटा खोप केन्द्र बाट खोप प्रदान गरिनेछ । यस खोप अभियानको मुख्य उद्धेश्य रोग नियन्त्रण र बालबालिकाको मृत्युदरमा कमी ल्याउनु रहेकोछ ।
यस अभियानमा तराईका २१ जिल्ला र काठमाण्डौं उपत्याकाका ३ जिल्लाहरुमा ९ महिना देखि १५ बर्ष मुनिका बालबालिका लाई लगाईन्छ भने बाँकि जिल्लाहरुमा ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकामा यो खोप लगाईन्छ ।
यो रोग दादुरा रुबेला भाईरस मानिसमा मात्र सर्दछ । संक्रमण भएको व्यक्तिको नाक तथा घाटीमा रहेर बृद्धि हुने र श्वास नलि एंवम अरु भित्री अंगहरुमा संक्रमण गर्दछ । यो रोग लागेका व्यक्तिले खोक्दा, हाछ्उि गर्दा निस्कने छिटाबाट रोग सर्दछ ।
यो रोग लागेमा ज्वरो आउने शरिरमा राता विमीरा आउने नाक बाट पानी बग्ने, खोकि लाग्ने, आखाँ राता हुने, आखाँ पाक्ने, रुघाखोकि लाग्ने लक्षणहरु देखिने हुन्छ ।
यस अभियानमा सबैले सहभागि भएमा रोग उन्मुलनमा सहयोग पुग्ने थियो कि ?

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।