डडेल्धुरा(डिआर भट्ट)- डडेल्धुराको भागेश्वर गाउँपालिका ०५ सिराडमा रहेको सारदा मावि. सिराडमा कक्षा ११—१२ संञ्चालनका लागि आर्थिक संकलन अभियानको औपचारिक रुपमा आज बाट सुरु गरिएकोछ । विद्यालयले आज सरस्वती पुजाको अवसरमा अभियानको औपचारिक उद्धघाटन गरेको हो । अभियानमा सहयोग गर्ने दाताहरुका लागि क्विआर पनि सार्वजनिक गरिएकोछ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन चाड , विद्यालयका शिक्षकहरु, विद्यार्थी, अभिभावको सहभागिता रहेको थियो ।
औपचारिक कार्यक्रममा भोज बहादुर बिष्ठले ५१ हजार १ सय ५५ र गणेशपुर मावि बडालका प्रध्यानाध्यापक सुरेन्द्र कार्किले ५ हजार सहयोग रकम हस्तान्तरण गरेका थिए ।
तपाई पनि यो अभियानमा सहयोग गर्नु चाहानुहुन्छ भने तलको क्विकारमा स्कायान गर्नुहोला ।
Views: 54