डडेल्धुरा- डडेल्धुराको आलितामामा सिँचाइ योजनाका सचिव माथी बैद्य निकटका युवाहरुले कालोमसो र चप्पलको माला लगाएका छन् । आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई कालोमसो दलेको प्रहरीले जनाएको छ ।
डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्कीले २०७८ सालमा निर्माण भएको सिँचाइ योजनामा सचिव रहेका महरलाई वैद्य नेतृत्वको पार्टीका व्यक्ति हौँ भन्दै आएको समूहले कालोमसो दलेको बुझिएको बताए । तर कालोमसो दल्ने काममा संलग्न व्यक्तिहरुको पहिचान भने नभएको कार्कीले बताए ।
एक बर्ष अगाडि देखी बैद्य निकटका युवाहरुले योजनाको तीन प्रतिसत रकम कमिसन माग गर्दै आएको र आफु सचिव भएको नाताले मैले चन्दा नदिएको बेला बेलामा फोन कल बाट पैसा माग गर्दै आएको , एक बर्ष अगाडि तीनै युवाले म माथी आक्रमण गरि मेरो हात नै भाचेका थिए , मैले उपचारमा ५० — ६० हजार खर्च गरेको थिए । मैले योजनमा कुनै अनियमियता नगरेको महाराले खबरदारी न्युज लाई जानकारि दिएका छन् ।
यसरि पार्टिका नाममा चन्दा असुल गर्न खोज्ने नागरिकलाई प्रशासनले कडा भन्दा कडा कार्वाहि गर्नु जरुरि रहेकोछ ।