२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

कृष्णपुर नगर कार्यपालिकाको बैठक कानुन विपरित भएपछि माओवादीद्वारा बहिष्कार

महेन्द्रनगरः कञ्चनपुरको कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको आज शुक्रबारको बैठक नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिले बहिष्कार गरेका छन् । बैठक सञ्चालन कार्यविधि अनुसार एजेन्डाबारे २४ घण्टा अगाडि लिखित रूपमा जानकारी नदिएकाले प्रक्रिया विपरीतको बैठक बहिष्कार गरिएको २ नम्बर वडाका वडाध्यक्ष अर्जुन साउँदले जानकारी दिए ।

शुक्रबार दिउँसो २ बजे बोलाइएको २४औं कार्यपालिका बैठकका एजेन्डा भनेर समसामयिक विषय र विविध पठाइएको थियो । तर वडाध्यक्ष साउँदले एजेन्डा मूर्त रूपमा नदिई बैठक सञ्चालन गर्नु प्रक्रियाविपरीत रहेको दाबी गरे । माओवादीबाट कृष्णपुरमा ४ वडाध्यक्ष निर्वाचित छन् ।

‘बैठक सञ्चालन कार्यविधिअनुसार जानुपर्छ भनेर बहिष्कार गर्‍यौं, अघिल्ला कार्यपालिका बैठकमा उठाएका विषय कार्यान्वयन हुनुपर्छ भन्यौं । बैठकमा चर्काचर्की भयो ।’नगर कार्यपालिका र नगर सभाका निर्णय ‘क्लोजिङ’ गर्ने विषयमा पनि प्रक्रिया मिच्ने गरिएको उनले आरोप लगाए । ‘हामी सहमत नभएका बैठकमा जानकारी नगराई नगर सभामा निर्णय गर्ने गरिएको छ,’ उनले भने, ‘विगतका त्रुटिले हामी सबैमाथि प्रश्न उठेको छ । अख्तियारमा मुद्दा पुगेको छ । यसरी नै जाने हो भने त भोलि कानूनी उपचार पनि खोज्न सकिन्छ । बैठक सञ्चालन कार्यविधिअनुसार जानुपर्छ ।’

नगरपालिकालाई मेयरको प्रालि जस्तो नबनाई कार्यविधि बमोजिम अगाडि बढ्नुपर्ने उनले बताए । उनले भने, ‘मुद्दा परेका र गैरकानूनी निर्णय हामी मान्दैनौं । नगर सभामा छलफल नै नभएका निर्णय गरिएको छ ।’

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।