२०८१ माघ १ मंगलवार
२०८१ माघ १ मंगलवार

कृष्णपुर नगर कार्यपालिकाको बैठक कानुन विपरित भएपछि माओवादीद्वारा बहिष्कार

महेन्द्रनगरः कञ्चनपुरको कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको आज शुक्रबारको बैठक नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिले बहिष्कार गरेका छन् । बैठक सञ्चालन कार्यविधि अनुसार एजेन्डाबारे २४ घण्टा अगाडि लिखित रूपमा जानकारी नदिएकाले प्रक्रिया विपरीतको बैठक बहिष्कार गरिएको २ नम्बर वडाका वडाध्यक्ष अर्जुन साउँदले जानकारी दिए ।

शुक्रबार दिउँसो २ बजे बोलाइएको २४औं कार्यपालिका बैठकका एजेन्डा भनेर समसामयिक विषय र विविध पठाइएको थियो । तर वडाध्यक्ष साउँदले एजेन्डा मूर्त रूपमा नदिई बैठक सञ्चालन गर्नु प्रक्रियाविपरीत रहेको दाबी गरे । माओवादीबाट कृष्णपुरमा ४ वडाध्यक्ष निर्वाचित छन् ।

‘बैठक सञ्चालन कार्यविधिअनुसार जानुपर्छ भनेर बहिष्कार गर्‍यौं, अघिल्ला कार्यपालिका बैठकमा उठाएका विषय कार्यान्वयन हुनुपर्छ भन्यौं । बैठकमा चर्काचर्की भयो ।’नगर कार्यपालिका र नगर सभाका निर्णय ‘क्लोजिङ’ गर्ने विषयमा पनि प्रक्रिया मिच्ने गरिएको उनले आरोप लगाए । ‘हामी सहमत नभएका बैठकमा जानकारी नगराई नगर सभामा निर्णय गर्ने गरिएको छ,’ उनले भने, ‘विगतका त्रुटिले हामी सबैमाथि प्रश्न उठेको छ । अख्तियारमा मुद्दा पुगेको छ । यसरी नै जाने हो भने त भोलि कानूनी उपचार पनि खोज्न सकिन्छ । बैठक सञ्चालन कार्यविधिअनुसार जानुपर्छ ।’

नगरपालिकालाई मेयरको प्रालि जस्तो नबनाई कार्यविधि बमोजिम अगाडि बढ्नुपर्ने उनले बताए । उनले भने, ‘मुद्दा परेका र गैरकानूनी निर्णय हामी मान्दैनौं । नगर सभामा छलफल नै नभएका निर्णय गरिएको छ ।’

 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।