२०८२ मंसिर २९ सोमबार
२०८२ मंसिर २९ सोमबार

विद्यासागर ईङलिस बोर्डिङ स्कुलको ‘विन्टर फेस्ट-२०८०

काठमाडौं, २०८० साल माघ २६ गते शुक्रबार:

गोकर्णेश्वर नगरपालिका वडा नं ५ विद्यासागर ईङलिस बोर्डिंग स्कुल मा २०८० साल माघ २६ गते शुक्रबार भव्य र सभ्य रुपमा विन्टर फेस्ट कार्यक्रम-२०८० सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सभापतिकाे भुमिकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन पोखरेल, कार्यक्रमका प्रमुख अतिथि गो. न. पा. वडा नं ५ का वडा अध्यक्ष आदरणीय नारायण बहादुर सुवेदी ज्यू तथा वडा सदस्य ज्यूहरु, टाेल सुधार समितिका पदाधिकारीहरु साथै तमाम अभिभावक तथा अन्य विद्यालयबाट पनि शिक्षक तथा विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। कार्यक्रममा नाम्सका पुर्व उपकुलपति वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा विद्यालय सञ्चालक गणेश बहादुर गुरुङ्ग लगायत शिक्षक तथा अभिभावकहरूको उपस्थित रहे संगै अतिथि स्वागतार्थ विद्यालयका प्रिन्सिपल पोष्टहरि बराल र विद्यालयका कार्यकारी निर्देशक महेन्द्र कुमार जोशी ज्यु रहनु भएकाे थियो । कार्यक्रम सञ्चालन यसै विद्यालयकी कोअर्डिनेटर श्री विद्या गुरागाईले गर्नु भएको थियो।

 

विद्यार्थीहरुले यस वर्ष चैँ क्यानभास चित्रकला, मिथिला पेन्टिङ् लगायत, विभिन्न खेल, विज्ञान सँग सम्बन्धित बस्तुहरु, विद्यार्थीद्वारा बनाइएका वाकिङ् राेवाेट, विन्डमिल, वासिङ् मेसिन, अटाेमेटिक वाटर सिस्टम, खानाका परिकारहरु, स्काउटका विद्यार्थीले निर्माण गरेकाे पुतली गेट लगायत अन्य कलाहरु प्रदर्शन गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।