डडेल्धुरा । डिभिजन सडक कार्यालय कुलपाते डोटीले अमरगढी नगरको कार्यापालिकाको निर्णय विपरित टेण्डर आह्वान गरेको छ । अमरगढी नगरपालीका डडेल्धुराको कार्यपालिका निर्णय विपरित बागबजार–किर्तीपुर सडक चौडाको लागी सडकले टेण्डर आव्हन गरेको हो ।



अमरगढी नगरपालीकाको कार्यपालिकाले बागबजार सडकलाई सडकको केन्द्र भाग बाट दायाँ बायाँ १५/१५ मिटर विस्तार गर्ने निर्णय गरेको छ । तर डिभिजन सडक कार्यालय कुलपाते डोटीले भने बागबजार सडकलाई दुई लेनमा मात्रै विस्तार गर्नका लागि टेण्डर आव्हन गरेको छ ।
पहिलो पटक आव्हान गरेको टेण्डर लाई प्राविधिक त्रुटि भएको भन्दै बदर गरेको छ । दोस्रो सुचना भादौ ४ गते प्रकाशित गरिएको छ । बागबजार–किर्तीपुर तिन किलोमिटर सडक दुई लेनको बनाउने गरी टेण्डर सडकले आह्वान गरेको छ ।
दुई लेनको मात्रै सडक चौडा गर्ने हो भने हालकै अवस्थामा सडक रहने भएको छ । हालको सडकको विच भाग बाट दायाँ बायाँ सात मिटर सम्म सडक लाई विस्तार गर्न डिभिजन सडक कार्यालयले दोस्रो पटक वोलपत्र आह्वान गरेको छ ।
कार्यपालीकाको निर्णय विपरित सडक चौडा पार्ने गरी वोलपत्र आह्वान गरीए पछि अमरगढी नगरापालीका–३ का वडा अध्यक्ष गोविन्द बोहराले आपत्ती जनाएका छन ।
पहिलो पटक प्रकाशीत गरिएको सूचना वदर गर्नु त्यसैको भोलि पल्ट पुनः सुचना प्रकाशित गर्नुमा डिभिजन सडक कार्यालयको गलत मनसाय हुन सक्ने देखिन्छ । यस बारेमा सत्यतथ्य बाहिर ल्याउनु पर्ने अध्यक्ष बोहराको माग छ ।
जनताको ४४ करोड रुपैयाँ लाई अनावश्यक काममा खर्च गर्नु भन्दा पनि कार्यपालिकाको निर्णय अनुसारनै बागबजारमा आवश्यकता अनुसार सडक चौडा गरिनु पर्ने समेत अध्यक्ष बोहराको माग छ ।
बागबजार देखी जुनसुकै हालतमा पनि सडक लाई चौडा पारीनु पर्दछ । उनले भने, तर झारो टार्ने नभई मापदण्ड अनुसारनै काम गर्नु पर्ने पक्षमा म छु ।
डिभिजन सडक कार्यालय कुलपाते डोटीका प्रमुख सुर्दशन कार्कीले भने प्राविधिक त्रुटी भएकाले पहिले प्रकाशित गरेको वोलपत्र वदर गरी नयाँ वोलपत्र आह्वान गरिएको बताएका छन । तर उनले के कस्तो प्राबिधिक त्रुटिका कारण पहिले आह्वान गरिएको वोलपत्र वदर गरिएको हो । यो भने खुलाएका छैन्न ।

























