डडेल्धुरा जति प्रख्यात छ हो यहाँ त्यति नै समस्याका च्याङ रहेका छन् ।
डडेल्धुराः सात स्थानीय तह रहेको डडेल्धुरामा ५ गाउँपालिका र २ नगरपालिका रहेका छन् । दुई पालिका परशुराम र आलिताल जिल्लाको भित्रि मधेश क्षेत्रमा रहेका छन् । जसमा परशुराम नगरपालिकामा खेल मैदान रहेको छ भने अन्य ६ पालिका सँग गतिलो खेल मैदान रहको छैन् ।
डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपािलकामा कुनै पनि खेल गर्नुका लागि गतिलो खेलमैदान रहेको छैनु । क्रिकेट खेल्नुका लागि खेलाडीहरुले डोटी घटाल क्षेत्रमा रहो रामलिला मैदान नै ताक्ने गरेका छन् । क्रिकेटको छक्का चौका हान्न खेलाडिहरुले खोला ताक्नुपर्ने बाध्यता रहेकोछ ।
उसो त डडेल्धुरा जिल्ला राजनीतीमा निकै पहँच भएको जिल्ला पनि हो । देशको प्रधानमन्त्रि , मन्त्रि पाएको जिल्ला डडेल्धुरा हो । तर नेताहरु लाई लज्जित बनाएको छ यो बिषयले । उसो त घटाल क्षेत्र बाटै तत्कालिन समयमा गोविन्द बोहराले प्रदेशको मन्त्रि पद समाले तर आफ्नै घरको ढोका बाट देखिने रामलिला मैदानमा भने कुनै संरचनाहरु निमार्ण गर्न सकेनन् ।
रामलिला मैदानमा कुनै संरचनाहरु छैनन्। खेल आयोजना गरे पनि त्यहा कि त चोरि हुन्छन् सामानहरु कि त च्यातिने गरेका घटानाहरु हुने गरेका छन् ।
सामाजि संञ्जालमा हामी देश अनि युवा बनाउछु भनेर गफ ठोक्ने नेता लाई यहाँका युवाहरु ले खुला प्रश्न गरेका छन् डडेल्धुरामा खेलमैदान खै ?
उसो त जिल्लामा सरकारि निकायको आयोजना भन्दा पनि क्लवहरुको सकिृयतामा खेलको आयोजना बढी हुने गरेका छन् । यस्तै डडेल्धुरामा मुख्य रुपमा भलिवल खेलको आयोजना बढि हुने गरेकोछ । जिल्ला सदरमुकाममा आयोजना हुने खेलका लागि कि डडेल्धुरा बहुमुखीको मैदान, कि त महेन्द्र मावि. को खेलमैदान ताक्नु पर्ने बाध्यता रहि आएकाछ । बार्षिक करोडौ रुपैया डडेल्धुरा जिल्लामा खर्च हुने गरेकाछ तर बर्षै देखी खेलाडिहरुले कहिलै गतिलो खेलमैदान पाउनु सकेका छैननन् । सरकारले खेल क्षेत्रको लगानी सदुपयोग गर्ने कि ।
दिपकराज भट्ट
(प्रबन्ध निर्देशक खबरदारी न्युज)