डडेल्धुराः स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा डडेल्धुराको भागेश्वर गाउँपालिका जिल्लाकै उत्कृष्ट बनेको छ ।
सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा भागेश्वरले ९१ अङ्क हासिल गर्दै जिल्लाको उत्कृष्ट बनेको हो । यस्तै ७६.२५ अङ्क प्राप्त गरेर अमरगढी नगरपालिका र आलिताल गाउँपालिकाले दोस्रो स्थान हासिल गरेका छन् । भने, ६९ अङ्क ल्याएर परशुराम नगरपालिका तेस्रो स्थानमा अटाएको छ ।
यस्तै सुदूरपश्चिममा ९५.५ अङ्क ल्याएर डोटीको आदर्श गाउँपालिका प्रदेशमै उत्कृष्ट बनेको छ । ९१ अङ्क ल्याएको भागेश्वर प्रदेशमै दोस्रो भएको छ ।
https://www.facebook.com/khabardarinews/posts/pfbid02va6uTucxrjAaYEvpxhgmmQubfojqJ4P25nMYYkcfWJDkp41wwWaNhPM8NZmvKBmYl