२०८१ माघ १ मंगलवार
२०८१ माघ १ मंगलवार

नवदुर्गा गाउँपालिका शैक्षिक गुणस्तर सुधारमा जुट्यो, विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन

डडेल्धुरा(डिआर भट्ट)ः डडेल्धुराको नवदुर्गा गाउँपालिका शैक्षिक गुणस्तर सुधारमा जुटेको छ । सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरेर शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिका सक्रिय भएको हो । सोमबार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतको उपस्थितिमा बसेको बैठकले अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कक्षा ८ र १० मा अध्ययनरत छात्रछात्राहरूको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले मंगलबारदेखि थप कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए । उनका अनुसार अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको छ । गाउँपालिकाले अतिरिक्त कक्षा पढाउने शिक्षकलाई नगद प्रोत्साहन दिने अध्यक्ष अवस्थीले बताए । यस्तै विदार्थीहरु अतिरिक्त कक्षा लिनु जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको पालिका उपाध्यक्ष निर्मला बोगटीले बताईन् ।

https://www.facebook.com/watch/?v=895418838703542&extid=CL-UNK-UNK-UNK-AN_GK0T-GK1C&ref=sharing&mibextid=Nif5oz

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।