२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

प्रहरीमाथि चक्कु प्रहारः के भएको थियो घटना ?

डडेल्धुराः दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको महाकाली नगरपालिका — १ दहका २५ वर्षीय उमेश कुवरले प्रहरी हवलदार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा र घाटीमा चोट लागेको छ ।

उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि आक्रमण स्वरूप चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । उनका अनुसार चक्कु प्रहार गरेर कुवर फरार भएका छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।