डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुराको भागेश्वर गाउँपालिका ४ बनचुल्लको बिसनकन्या घर भएकी ४० बर्षिय गीताको अर्को नाम पहिचान बनेकोछ समाजसेवी गीता । उनी राजनीतीमा पनि निकै सकिृय रहेकी छिन् । उनले समाजमा रहेको अपाङग, बालबालिका देखि बृद्धबद्धााहरु लाई बेला बेलामा सहयोग गरिरहन्छिन् ।
उनको नाम जस्तै काम पनि रहेकोछ । उने आफ्नो व्यक्तिगत आर्थिक सहयोगमा डडेल्धुरामा मात्र हैन् भुकम्पले भावुक भएको जाजरकोटमा पनि राहत सहयोग गरेकि छिन् । उनले एक बर्षमा भागेश्वर गाउपालिकामा न्यायो लुगा वितरण (ब्लाङकेट) ५४ पिस, १४ जना अपाङ्ग लाई नगद १ लाख १५ हजार सहयोग , महेन्द्रनगरको गौसालामा नुन तथा ब्लाङकेट समेत सहयोग गरेकि छिन् । यस्तै भागेश्वर गाउपालिका ३ बोगटामा रहेको सरस्वती नमुना मावि.मा पनि ८ जना फरक क्षमता भएका विद्यार्थीहरुलाई उनले झोला वितरण गरेकि छिन् ।
गीता भन्छिन् हामीले कमाएको केहि अंस समाजसेवामा गर्नु पर्छ । हामीले सहयोग गरेर कसैको भविश्य उज्वल हुन्छ भने हामीले किन सहयोग नगर्ने हामी सबैले सहयोग गर्नुपर्छ । समाजमा लगानी गर्नुपर्छ हामी सबै दाजुभाई हो । आज अरु लाई समस्या छ भने भोली हामीलाई पनि समस्या पर्न समस्या ।