पदम जोरा(डडेल्धुरा)- शिद्वनाथ माद्यमिक विद्यालय परशुराम —१२ जयपुर जोगवुडाको ५३ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रकास खातीको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा पौष २७ गते उद्घाटन भएको वार्षिकोत्सव आज सम्पन्न भएको विद्यालय प्रधानाध्यापक संकर दत्त जोशीले जानकारी दिनुभयो। विद्यालयको ५३ औं वर्षिकोत्सव तथा अभिवाबक दिवस सुदुरपश्चिम प्रदेशका निर्वतमान भौतिक पुर्वाधार बिकास मन्त्री पठान सिंह बोहराको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
२०२७ सालमा स्थापना भएको विद्यालय ५३ औं वर्षमा पुगेको अवसरमा बार्षिक प्रतिवेदन प्रस्तुत, नृत्यहरु , अन्तरसदनात्मक अतिरिकत कृयाकलापहरु, शिक्षक विद्यार्थी भजन, म्युजिकल चियर खेल,देउडाखेल,सास्कृतिक कार्यक्रम, शिक्षक कर्मचारी देउडा प्रर्दशनी, बिभिन्न विधामा सहभागि प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने छात्र÷छात्राहरुलाई पुरुस्कार वितरण र अभिवाबक सम्मान गरि दिवस समापन गरीएको विद्यालयका प्रधानाध्यापक जोशीले जानकारी दिनु भएको छ ।
तत्कालिन अवस्थामा यस क्षेत्रमा मुखिया स्व.तेज वहादुर साउँदले विद्यालयलाई जग्गा दान दिएर यस क्षेत्रका हरेक अभिवाबकहरुको कठोर मेहनत, गास,अन्नदान, मुठीदानवाट रुखको वोट मुनीवाट शिद्वनाथ भगवानका नामबाट विद्यालय स्थापना भएको जानकारहरुको भनाई रहेको छ ।
यस क्षेत्रमा एक मात्रै पहिलो स्कुलका रुपमा शिद्वनाथ माद्यमिक बिद्यालयलाई लिईन्छ । शिद्वनाथ माद्यमिक विद्यालयको उदय संगै यहाँका हरेक वस्तीमा बिद्यालय खुल्न सुरु भएको पनि बुझिन्छ ।
यसरी शिद्वनाथ माद्यमिक बिदालय जयपुर जोगबुडा वाट उत्पादनीत अधिकान्स शिक्षकहरु परशुरामका हरेक विद्यलयमा हाल पनि जिम्मेवारीमा रहुनु पनि अझै शिद्वनाथ माद्यमिक विद्यालय जयपुर जोगबुडाको गरिमा उच्च रहेकोछ ।
यस विद्यालयले हाल सम्म हरेक क्षेत्रका जनशक्ति उत्पादन गरेको पाईन्छ भने, शिद्वनाथ माबिलाई भित्रीमधेषको शैक्षिक जागरणको थलो र आमा विद्यालयको रुपमा लिने गरेको छ । शिद्वनाथ माबिमा हाल भौतिक संरचना नयाँ र पुराना गरि परयाप्त रहेकाछन भने, आर्थिक अवस्था निकै कमजोर रहेको विद्यालयको प्रतिवेदनमा उल्लेख भएको पाईन्छ ।
साधारण र प्राबिधिक धार तर्फ गरि ६ सय छात्र÷छात्राहरु अध्ययनरत रहेकाछन । अुदान, निजी,राहत र दरवन्दी गरि हाल शिद्वनाथ माबिमा ३१ जना शिक्षक कर्मचारीहरु कार्यरत रहेकाछन । आफुहरु पुरानो शिद्वनाथ माबिको छाप, साख जोगाउन लागि परेको विद्यालयका प्रधानाध्यापक जोशीले जानकारी दिए ।उनले भने, विद्यालयमा सुचना अधिकारी, परिक्षा समिति, शैक्षिक गुण्स्तर सुधार समिति, व्यवसथापन समिति, जुनीयर रेडक्रश क्लब, ईकोक्लव, आदि समेत गठन गरि सबैलाई जिम्मेवारी दिइएको छ । जो कसैलाई पनि जिम्मेवारी वोध गराउन जिम्मेवारी दिनु पर्छ, हरेक कार्य सम्भव हूनध उनले थपे ।
विगत लामो समय बिरेन्द्र शिल्ड देखी क्षेत्रीयमा सहभागि र उच्च स्थान ल्याउदै आएको शिद्वनाथ माबि जयपुर जोगबुडाले यस वर्षको १४ औ परशुराम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १३ स्वर्ण, ५ रजत, ६ कास्य जित्दै दोस्रो स्थान हात पारेको छ । अझै आगामी दिनमा शिद्वनाथ माबि जयपुर जोगबुडाले शैक्षिक, खेल, अनुसाशनमा र हरेक विधामा पुग्ने प्रमुख अतिथि, बिशिष्ठ अतिथिले सुभकामना व्यक्त गर्नु भएको छ ।