२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

लाइसेन्स छपाइ र वितरण रोकिँदैन : मन्त्री ज्वाला

भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् ।​

ड्राइभिङ स्कूल सङ्घको पाँचौं महाधिवेशनलाई आज चितवनमा सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ शुरू हुने बताएका हुन् ।

‘आज मात्रै ६ लाख कार्ड ल्याइएको छ । अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौं’, उनले भने, ‘माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ ।’

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कूलहरूले रोजगारी सृजना गर्दै आएको बताए । उनले भने, ‘स्कूल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीन वटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ ।’

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।