२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गरिने

काठमाडौँ – सरकारले ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश निकायस्तर कृषि पदाधिकारी र सरोकारवालासँग छलफल गरी ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गर्ने भएको हो ।

२४ पुस मंगलबार ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा र कृषि क्षेत्रमा लगानी दशकको घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग छलफल गरेको थियो ।

मुलुकभर अमिलो जातको फलफूल ४८ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । सो क्षेत्रफलबाट साढे दुई लाख मेट्रिक टन बराबरअमिलो जातको फलफूल उत्पादन हुन्छ । सुन्तलालाई पनि अमिलो जात अन्तर्गत नै राखिएको मन्त्रालयले उल्लेख गरेको छ ।
Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।