२०८१ चैत्र ६ बुधबार
२०८१ चैत्र ६ बुधबार

विपिनको रिहाइका लागि पहल गर्दैछौं परराष्ट्र मन्त्री

डडेलधुराः परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारेका छन् । उनले विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको बताए ।

शुक्रबार डडेल्धुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीले भने, ‘रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ । अरू धेरै जना जोखिममा पर्नुभएको छ । तर यो समस्या नेपाल सरकारको कारणले आएको होइन । जो त्यहाँ गएको छ, रुसी सेनामा काम गरिरहेको छ, उनीहरू विद्यार्थी भिसामा, भिजिट भिसामा त्यहाँ पुगेका हुन् । भिसा प्रयोजनलाई तोडेर उहाँहरू त्यहाँको सेनामा भर्ना हुनुभएको छ ।’

परराष्ट्रमन्त्री साउदले अफ्ठयारोमा परेका आफ्नो नागरिकको उद्धार गर्न सरकार जुनसुकै बेला पनि तयार रहेको बताए । ‘आठ वटा शवहरू अहिले त्यहाँको शवगृहमा राखिएको कुरा मसँग आएको छ । हामीले ती शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल गरिरहेका छौँ,’ उनले भने, ‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यह त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’

उनले देश छोड्ने बेला जो कसैले पनि एकपटक सोच्नुपर्ने बताए । ‘‘देश छोड्दा जो कसैले पनि एकपटक सोच्नुपर्छ । कहाँ जाँदैछु रु कस्तो देशमा जाँदैछु रु कुन कानूनीरुपमा ठीक छ, कुन ठीक छैन ? त्यो कुरामा सबैले ध्यान पु¥याउनु आवश्यक छ,’ उनले भने । परराष्ट्रमन्त्री साउदले वर्तमान सरकारले परराष्ट्र सम्बन्धलाई सुधार गरेर सही ट्रयाकमा ल्याउन सफल भएको दाबी गरेका छन् ।

‘प्रधानमन्त्रीले छिमेकी दुई देशहरूको भ्रमण गर्नुभयो । वास्तवमा यी भ्रमणहरू विगतका भन्दा ऐतिहासिक छन्, निर्विवाद र गुणात्मक छन्,’ उनले भने, ‘त्यसकारण यो सरकारले परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउने र ट्रयाकमा ल्याउने काम गरेको छ ।’

उनले छिमेकी देश भारतसँग हालैमात्र १० हजार मेगावाट विजुली उत्पादन र निकासीका विषयमा व्यापार सम्झौता गरेको बताए । मन्त्री साउदले इजरायलमा युद्धमा परेर हमासको नियन्त्रणमा परेका विपीन जोशीको उद्धारका लागि समेत सरकारले पहल गरिरहेको बताए ।

‘विपीन जोशीसमेत १३२ जना अहिले पनि हमासको नियन्त्रणमा छन् । उनीहरू विभिन्न देशका छन् । हामीले उनको रिहाईका लागि इमान्दार प्रयास गरिरहेका छौँ । युद्धबन्दीकोरुपमा विपीन जोशीको जीवन सुरक्षित छ । हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ उनले भने ।

छौ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।