२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

अछाममा बाढीले वेपत्ता थप एक जनाको शव भेटियो

अछाममा बाढीले बगाउँदा वेपत्ता भएका थप एकजनाको शव भेटिएको छ।गत मंगलबार राती अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले बगाएका रामारोशन गाउँपालिका ५ का १९ वर्षीय रुपेश साउँदको शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनको शव रामारोशन गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने झोलुङ्गे पुल नजिककैको बगरमा फेला परेको हो। शव शनिबार नै आफन्तले बुझेका छन्।

बाढीमा बगेका वडा नम्बर ५ सैनीबजारका १० जना अझै फेला परेका छैनन्। मंगलबार रातिको बाढीले सैनीबजारका २२ घर बगाउँदा चार परिवारका १७ जना बेपत्ता भएका थिए।

बुधबार ६ जना र शनिबार एक गरी ७ जनाको शव भेटिए पनि अझै १० जना बेपत्ता रहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।