२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

आफ्नो पहिचान सार्वजनिक गर्ने विरुद्ध गौशाला २६ ले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौंः सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाउने विरुद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न तवरबाट फोटो सार्वजनिक गर्न थालेपछि उनले ब्यूरोमा उजुरी दिएकी हुन् । टेकपानासँग कुरा गर्दै साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षकले मङ्गलवार ब्यूरोमा उजुरी आएको जानकारी दिए ।

“ब्यूरोमा पनि उजुरी आएको छ,” उनले भने, “वैयक्तिक गोपनीयता सम्बन्धी उजुरीमा सोझै अदालत जाने हो । हामीकहाँ पनि आएकाले अहिले अनुसन्धान गरिरहेका छौं ।” घटना अनुसन्धानकै क्रममा रहेकाले थप विवरण खुलाउन नमिल्ने रायले बताए । विद्युतीय माध्यमबाट वैयक्तिक गोपनीयता हनन् गरेकोमा अदालतमा अनुसूची ४ बमोजिम मुद्दा दायर गर्न पाइने उनले सुनाए ।

जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा सन्दीप लामिछानेलाई दोषी ठहर गरी सजायसमेत सुनाएको छ । पछिल्लो केही दिनयता फेसबुक, एक्स लगायतका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा केही प्रयोगकर्ताले गौशाला २६ भन्दै फोटो सार्वजनिक गर्ने प्रयास गरेका छन् ।

हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना एक सदस्यलाई गौशाला २६ को फोटो राखेको भन्दै पार्टीबाट निलम्बन गरेको छ । टेकपाना बाट साभार 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।