२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

आफ्नो पहिचान सार्वजनिक गर्ने विरुद्ध गौशाला २६ ले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौंः सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाउने विरुद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न तवरबाट फोटो सार्वजनिक गर्न थालेपछि उनले ब्यूरोमा उजुरी दिएकी हुन् । टेकपानासँग कुरा गर्दै साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षकले मङ्गलवार ब्यूरोमा उजुरी आएको जानकारी दिए ।

“ब्यूरोमा पनि उजुरी आएको छ,” उनले भने, “वैयक्तिक गोपनीयता सम्बन्धी उजुरीमा सोझै अदालत जाने हो । हामीकहाँ पनि आएकाले अहिले अनुसन्धान गरिरहेका छौं ।” घटना अनुसन्धानकै क्रममा रहेकाले थप विवरण खुलाउन नमिल्ने रायले बताए । विद्युतीय माध्यमबाट वैयक्तिक गोपनीयता हनन् गरेकोमा अदालतमा अनुसूची ४ बमोजिम मुद्दा दायर गर्न पाइने उनले सुनाए ।

जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा सन्दीप लामिछानेलाई दोषी ठहर गरी सजायसमेत सुनाएको छ । पछिल्लो केही दिनयता फेसबुक, एक्स लगायतका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा केही प्रयोगकर्ताले गौशाला २६ भन्दै फोटो सार्वजनिक गर्ने प्रयास गरेका छन् ।

हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना एक सदस्यलाई गौशाला २६ को फोटो राखेको भन्दै पार्टीबाट निलम्बन गरेको छ । टेकपाना बाट साभार 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।