डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिका —६ राजुल जनचेतनामा गाउँघरमा डाक्टर कार्यक्रम अन्तर्गत आज १ सय ६ जना सेवाग्राहीले ओपिडि सेवा लिएका छन् । भीडियोे ऐक्सरे सेवातर्फ पित्त थैलिको समस्या १ जना, किड्निमा पथ्थरी जाँच ५ जना, गर्भवती जाँच १२ जना, पाठेघर सम्बन्धि जाँच ५ जना र अन्य बिरामी २१ जना गरि ४४ जना सेवाग्राहीले सेवा लिएको सिनियर अहेव भुवन पन्तले खबरदारी न्युजलाई जानकारि दिएका छन् ।
यसरि गाउँघरमै सेवा उपलब्ध भएपछि स्थानीयहरु खुशी भएका छन् ।
Views: 75