२०८१ चैत्र ६ बुधबार
२०८१ चैत्र ६ बुधबार

नवदुर्गामा खाद्य सुरक्षा सम्बन्धी सचेतनाः गाउँ गाउँ अनुगमन गर्दै पालिका उपाध्यक्षको टोली

डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकामा खाद्य सुरक्षा लाई मध्यनजर गथरि गाउँमा रहेका बजार अनुगमन गरिएको छ । पहिलो दिन आइतबार पालिकाको वडा नम्बर १ का बजारमा अनुगमन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष निर्मला बोगटीको नेतृत्वमा भएको अनुगमनमा म्याद सकिएका र लेबल नभएका अखाद्य सामान भेटिएका छन् । गाउँपालिकाका उपाध्यक्ष बोगटीले बजार अनुगमनको क्रममा म्याद सकिएका र लेबल नभएका अवैध सामान फेला पारेर नष्ट गरिएको जानकारी दिइन् ।

May be an image of 5 people and sherpa coat

अनुगमनका क्रममा केही व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मूल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको बताउँदै उपाध्यक्ष बोगटीले भनिन्, ‘व्यापारीलाई म्याद गुज्रेका सामाग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।’

May be an image of 2 people

यस्तै अनुगमनकै क्रममा नवदुर्गा गाउँपालिका वडा नम्बर १ का केही व्यापारीले मदिरासमेत बिक्री गरिरहेको भेटिएको छ । नवदुर्गा गाउँपालिकामा मदिरा निषेध गरिएको जानकारी दिँदै उपाध्यक्ष बोगटीले दुई पसलबाट मदिरा पनि बरामद गरेर प्रहरीको जिम्मा लगाएको जानकारी दिइन् । उनका अनुसार पहिलो दिन वडा नम्बर १ का असुर्पा, चोरा लगायतका आधा दर्जन ग्रामिण बजारमा अनुगमन गरिएको छ भने पालिकाका अन्य चार वटा वडामा अनुगमन गर्ने तयारी छ ।

May be an image of 3 people, sherpa coat, temple and text

नवदुर्गा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शेरबहादुर साउँदले बजार अनुगमनलाई निरन्तरता दिने जानकारी दिए । ‘कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन निरन्तर गर्ने तयारी छ,’ उनले भने ।

नवदुर्गा गाउँपालिकाको आयोजनामा भएको अनुगमनमा उपाध्यक्ष बोगटीसहित सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी र गाउँपालिकाका विभिन्न शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।