२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

नवदुर्गामा खाद्य सुरक्षा सम्बन्धी सचेतनाः गाउँ गाउँ अनुगमन गर्दै पालिका उपाध्यक्षको टोली

डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकामा खाद्य सुरक्षा लाई मध्यनजर गथरि गाउँमा रहेका बजार अनुगमन गरिएको छ । पहिलो दिन आइतबार पालिकाको वडा नम्बर १ का बजारमा अनुगमन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष निर्मला बोगटीको नेतृत्वमा भएको अनुगमनमा म्याद सकिएका र लेबल नभएका अखाद्य सामान भेटिएका छन् । गाउँपालिकाका उपाध्यक्ष बोगटीले बजार अनुगमनको क्रममा म्याद सकिएका र लेबल नभएका अवैध सामान फेला पारेर नष्ट गरिएको जानकारी दिइन् ।

May be an image of 5 people and sherpa coat

अनुगमनका क्रममा केही व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मूल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको बताउँदै उपाध्यक्ष बोगटीले भनिन्, ‘व्यापारीलाई म्याद गुज्रेका सामाग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।’

May be an image of 2 people

यस्तै अनुगमनकै क्रममा नवदुर्गा गाउँपालिका वडा नम्बर १ का केही व्यापारीले मदिरासमेत बिक्री गरिरहेको भेटिएको छ । नवदुर्गा गाउँपालिकामा मदिरा निषेध गरिएको जानकारी दिँदै उपाध्यक्ष बोगटीले दुई पसलबाट मदिरा पनि बरामद गरेर प्रहरीको जिम्मा लगाएको जानकारी दिइन् । उनका अनुसार पहिलो दिन वडा नम्बर १ का असुर्पा, चोरा लगायतका आधा दर्जन ग्रामिण बजारमा अनुगमन गरिएको छ भने पालिकाका अन्य चार वटा वडामा अनुगमन गर्ने तयारी छ ।

May be an image of 3 people, sherpa coat, temple and text

नवदुर्गा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शेरबहादुर साउँदले बजार अनुगमनलाई निरन्तरता दिने जानकारी दिए । ‘कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन निरन्तर गर्ने तयारी छ,’ उनले भने ।

नवदुर्गा गाउँपालिकाको आयोजनामा भएको अनुगमनमा उपाध्यक्ष बोगटीसहित सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी र गाउँपालिकाका विभिन्न शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।