२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

२६ वर्षकी शिक्षिका १४ वर्षका आफ्नै विद्यार्थीसँग भागेपछि…

काठमाण्डौः भारतको एक बिद्यालयका शिक्षिका १४ वर्षका आफ्नै विद्यार्थीसँग भागेपछि प्रहरीमा उजुरी परेको छ । कक्षा ८ मा पढ्दै गरेका छोरा आफ्नै शिक्षिकासंग भागेपछि बाबुले प्रहरीमा उजुरी दिएका छन् । १४ वर्ष उमेरका उनका छोरा २६ वर्षकी शिक्षिकासंग भागेपछि बाबुले उजुरी दिएका हुन् ।

घटना भारतको गुजरातको हो । गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी हुन् । विद्यालयमा रहँदा उनीहरु निकै निकट थिए । शिक्षकले थुप्रै पटक शिक्षिकालाई चेतावनी पनि दिएका थिए । विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरी समक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आरोप छ ।

शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि भागेपछी प्रहरीमा उजुरी दिएका हुन् । प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिसकेकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए ।

शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।