२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कञ्चनपुरमा ५ किलो बढी चरेससहित बझाङका एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा ५ किलो बढी चरेससहित बझाङका एक जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका ३ तिलकपुरबाट ५ किलो १०४ ग्राम लागूऔषध चरेशसहित बझाङको केदास्युँ गाउँपालिका ६ का ६३ वर्षीय नरबहादुर धामी आईतवार राति पक्राउ परेका हुन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धामीले बोकी राखेको झोलाबाट चरेस फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।