महोत्तरीको सम्सी गाउँपालिका – ७ जावद टोलमा एक महिलामाथि बोक्सी आरोपमा कुटपिट भएको छ । स्थानीय दिनेश यादव लगायत उनका छोराहरु कृष्ण यादव, आशिक यादव, आमा सुजियादेवी लगायतले महिलालाई कुटपिट गरेको स्थानीयबासीले बताएका छन् ।



घाइते महिलाको जनकपुरमा रहेको जानकी हेल्थ केयरमा उपचार भइरहेको पीडित महिलाका छोरा सञ्जय यादवले बताउनुभयो ।
यसैबीच, बोक्सी आरोप लगाउँदै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कृष्ण यादव प्रहरीको हिरासतबाट छुटेका छन् । बुवा दिनेश यादवले प्रहरीलाई राजनीतिक दबाब दिएर कृष्णलाई छुटाएको स्थानीयबासीको भनाइ छ ।
Views: 164

























