२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

सहकारीले ग्रामीण क्षेत्रमा बैंकको काम गरेको छ: मा. खड्का

डडेल्धुरा- शुभलक्ष्मी साना किसान कृषि सहकारी संस्था लिमीटेड’ डडेल्धुराको ९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष बेद प्रकास भट्टको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्का प्रमुख अतिथी रहेकी थिइन ।

साधारण सभामा संस्थाका सचिव सञ्जय जैरुले आर्थिक वर्ष २०७९÷८० को बार्षिक प्रतिवेदन तथा २०८०÷०८१ को वार्षिक निती अनुमानित वजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाले अहिलेसम्म रु। ८४ लाख ७० हजार आम्दानी गरेको सचिव जैरुले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै जम्मा अनुमानित खर्च विवरण ४४ लाख १५ हजार रहेको छ भने खुदनाफा रकम ४० लाख ५५ हजार छ ।

सहकारीमा हाल दुई हजार एक सय ५० जना शेयर सदस्य रहेको संस्थाका सचिव जैरुले बताए । बार्षिक साधारण सभामा सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले सहकारीहरुले ग्रामीण क्षेत्रमा बैंकको काम गरेको बताइन् । विपन्न नागरिकको आर्थिक क्षेत्रमा पहुँच पु¥याउनका लागि सहकारीहरुको ठूलो योगदान रहेको उनको भनाइ छ । सहकारी संस्थाहरुले ग्रामीण क्षेत्रमा बचत गर्ने बानीको विकास गर्नुका साथै बित्तीय साक्षरता समेत बढाएको उनले बताइन ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।