डडेल्धुराकी क्यान्सर पीडित जानकीलाई ८१ हजार आर्थिक सहयोग
डडेल्धुराः डडेल्धुराको अमरगढी ७ कि क्यान्सर पीडित जानकी कैनीलाई आर्थिक सहयोग गरिएको छ । जापानमा रहेका युवा समाजसेवी विनयप्रकाश मल्लले ६० हजार तथा खलंगा समाज र केही व्यक्तिले २१ हजार ४१० रुपैया गरि ८१ हजार ४१० रुपैया अमरगढी वडा नम्बर ७ की वडा सचीब शारदा ओझाले पिडितलाई सहयोग हस्तान्तरण गरिएको हो ।
पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नु भएकी कैनीलाई उपचारमा सहयोग गर्न युवा समाजसेवी मल्ल, खलंगा समाज र केही व्यवसायिले सहयोग गरेका छन् ।
युवा समाजसेवी मल्ल सामाजिक कार्यमा सक्रिय छन्।
Views: 43