काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीमा ६ जना नयाँ केन्द्रीय सदस्य थपिएका छन् । एमालेको आज बसेको सचिवालयको २६औं बैठकले उनीहरुलाई मनोनीत गरेको महासचिव शंकर पोख्रेलले जानकारी दिए ।
मनोनीत केन्द्रीय सदस्यहरुमा केशवराज पाण्डे (नुवाकोट), दामोदर भण्डारी (बैतडी) र दीपक कार्की (झापा) रहेका छन् । त्यसैगरी तुलसीप्रसाद न्यौपाने (संखुवासभा), रामऔतार यादव (सिराहा) र विनोद शाह (दैलेख) रहेका छन् ।
Views: 149