२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

प्रहरी जवान विनोद, जो अब कहिल्यै दौडिने छैनन्…

सधैं झैं बुधबार बिहान पनि बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका वडा नं. ६ का विनोद नियमित व्यायामका लागि दौडिरहेका थिए । गणभित्र शारिरीक अभ्यासपछि नियमित व्यायाम पूर्वपश्चिम सडकमा हुइँकिँदै आएको एउटा मोटरसाइकलले दौडिरहेका विनोदलाई ठक्कर दियो ।

मोटरसाइकलले उनीमात्र होइन उनीसँगै दौडिरहेका नवराज कार्की र विजय खत्रीलाई पनि ठक्कर दियो । तर उनीहरुलाई सामान्य चोटपटक मात्र लाग्यो भने विनोद भने तत्कालै सडकमै लडे । त्यसपछि तत्कालै उपचारका लागि हेटौंडा अस्पतालमा लगिएका विनोदले उपचारको क्रममा ज्यान गुमाए भने अन्य दुई जना साधारण उपचारपछि गण फर्किए ।

दुर्गम ठाउँमा जन्मिएका शान्त स्वभावका विनोदले परिवार पाल्नकै लागि र सुखद भविष्यको कल्पना गर्दै जागिर खाएका थिए, उनको निधनसँगै आलिताल गाउँ शोकमग्न बनेको छ ।  गणमा सधैंसँगै दौडिने, ड्युटी गर्ने साथीहरुले एउटा असल साथी गुमाएका छन् ।

पोष्टमार्टमपछि उनको शव डडेलधुरा पठाईने पनि जनाइएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११ थानाभ्याङमा बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेका कमल लामाले चलाएको ना४३प २२२ नं को मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान एडी गम्भीर घाइते बनेका थिए । चालक लामा पनि गम्भीर घाइते रहेको बताइएको छ । भने उनको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।