२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

प्रहरी जवान विनोद, जो अब कहिल्यै दौडिने छैनन्…

सधैं झैं बुधबार बिहान पनि बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका वडा नं. ६ का विनोद नियमित व्यायामका लागि दौडिरहेका थिए । गणभित्र शारिरीक अभ्यासपछि नियमित व्यायाम पूर्वपश्चिम सडकमा हुइँकिँदै आएको एउटा मोटरसाइकलले दौडिरहेका विनोदलाई ठक्कर दियो ।

मोटरसाइकलले उनीमात्र होइन उनीसँगै दौडिरहेका नवराज कार्की र विजय खत्रीलाई पनि ठक्कर दियो । तर उनीहरुलाई सामान्य चोटपटक मात्र लाग्यो भने विनोद भने तत्कालै सडकमै लडे । त्यसपछि तत्कालै उपचारका लागि हेटौंडा अस्पतालमा लगिएका विनोदले उपचारको क्रममा ज्यान गुमाए भने अन्य दुई जना साधारण उपचारपछि गण फर्किए ।

दुर्गम ठाउँमा जन्मिएका शान्त स्वभावका विनोदले परिवार पाल्नकै लागि र सुखद भविष्यको कल्पना गर्दै जागिर खाएका थिए, उनको निधनसँगै आलिताल गाउँ शोकमग्न बनेको छ ।  गणमा सधैंसँगै दौडिने, ड्युटी गर्ने साथीहरुले एउटा असल साथी गुमाएका छन् ।

पोष्टमार्टमपछि उनको शव डडेलधुरा पठाईने पनि जनाइएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११ थानाभ्याङमा बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेका कमल लामाले चलाएको ना४३प २२२ नं को मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान एडी गम्भीर घाइते बनेका थिए । चालक लामा पनि गम्भीर घाइते रहेको बताइएको छ । भने उनको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।