२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार बाट सुरु भएको छ। कार्यक्रममा पालिकाका ७ विद्यालयको सहभागिता रहेको गन्यापधुरा गाउँपालिकाका सुचना अधिकारि शिव महताले जानकारि दिएका छन् । कार्यक्रम भोलि सम्पन्न हुनेछ ।

गाउँपालिकाको आयोजनामा ‘राष्ट्रका खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गन्यापधुरा–५ स्थित सीताराम मावि रेलको प्राङ्गणमा पालिकास्तरीय रनिङ शिल्ड सुरु भएको हो। प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले उद्धघाटन गरेकी हुन्।

तस्विरः गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड उद्धघाटन सत्र
तस्विरः गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड उद्धघाटन सत्र

प्रतियोगिताको उद्धघाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य खड्काले विद्यालयस्तरबाट खेलकुदको विकास हुन आवश्यक रहेको बताइन्। वर्षको एकदुई दिन मात्रै नभएर विद्यालयले खेलकुदका गतिविधि नियमितरूपमै सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेटी देउवा, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।

तस्विरः कार्यक्रममा सहभागि विद्यालयहरु मार्च पासका लागि तयारि ।।
तस्विरः कार्यक्रममा सहभागि विद्यालयहरु मार्च पासका लागि तयारि ।।

पालिका अध्यक्ष कार्कीका अनुसार प्रत्येक वर्ष हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फरकफरक वडामा सञ्चालन हुँदै आएको छ।

तस्विरः कार्यक्रममा सहभागि विद्यालयहरु कबड्डिमा प्रतिसपर्धा गर्दै (तस्विर सौजन्य शिव महता)
तस्विरः कार्यक्रममा सहभागि विद्यालयहरु कबड्डिमा प्रतिसपर्धा गर्दै (तस्विर सौजन्य शिव महता)

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दोलगायत खेल सहभागी छन्। पालिकास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन्।

May be an image of 2 people and text

विद्यालयस्तरबाट खेलकुदको विकास हुन आवश्यक छः खड्का – खबरदारी न्युज (khabardarinews.com)

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।