२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

काखमा सन्तान लिएर आफुले बचत गरेको पैसा माग गर्दै नारी

डडेल्धुरामा शिब शिखर सहकारीबाट पिडित बचतकर्ताहरुको बृहत भेला सम्पन्न

डडेल्धुराः डडेल्धुरामा शिब शिखर सहकारीबाट पिडित बचतकर्ताहरुको बृहत भेला १६ गते सम्पन्न भएको छ । सोमवार जिल्ला सदरमुकामस्थित उद्योग बाणिज्य संघको हलमा बृहत भेला सम्पन्न भएको हो । भेलामा एक नारिले आफ्नो बच्चा काखमा लिएर भेलामा सहभागिता जनाएकि छिन् ।

शिब शिखर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालय डडेल्धुराले बिगत एक बर्ष देखि डडेल्धुरा र बैतडीको खोड्पे क्षेत्रका बचतकर्ताहरुको रकम ठगी गर्दे सम्पर्क बिहिन रहेकाले बचतकर्ताहरुको बृहत भेलाको आयोजना गरिएको शिब शिखर सहकारी पिडित सर्घष समिति डडेल्धुराले जनाएको छ ।

शिब शिखर सहकारी संस्थाका पिडित संघर्ष समिति डडेल्धुरा संयोजक मान बहादुर साउदले बिगत देखि नै शिब शिखर सहकारीले बिभिन्न समयमा ठगी गरेको बताए । यसबारे पटक–पटक सरकारलाइ ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको भएपनि सरकारले कुनै चासो नदेखाएको बताए ।

बृहत भेलामा बचतकर्ताहरुले स्थानिय प्रशासनले जनताको आवाज नसुनेको आरोप लगाए । आफुहरुले दुख गरेर कमाएको पैसा सबै शिव शिखरले लगेको भन्दै यसमा स्थानीय प्रशासनले ध्यान दिन आवश्यक रहेकोमा जोड दिए ।

यस्तै भेलामा सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले जिल्लाको सबै राजनितीक दलहरु बचतकर्ताहरुको रकम फिर्ताका लागि एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिइन । उनले आफ्नो क्षेत्रबाट पहल गर्ने र सम्बन्धित निकायबाट समाधान गर्न संघ, प्रदेशमा पनि पहल गर्ने प्रतीवद्धता गरिन ।

यस्तै भेलाले शिब शिखर सहकारी पिडित बचतकर्ताहरुको रकम फिर्ता गर्ने सम्वन्धमा ४ महत्वपूर्ण निर्णय समेत गरेको छ ।

निर्णयहरुः
–बचतकर्ताको रकम फिर्ताका लागि संघर्षका कार्यक्रमको कार्ययोजना निर्माण गर्न जिल्ला र प्रदेशले कार्ययोजना निर्माण गर्ने जिम्मेवारी दिने ।

–सहकारी पिडित बचत संघर्ष समितिका आगामि कार्यक्रमको रणनीती र रकम फिर्ताका लागि संघर्षका कार्यक्रम तय गर्न अन्य जिल्लासंग समन्वय गर्ने, प्रदेश संग समन्वय गर्ने गरी तत्काल संघर्षका कार्यक्रम तय गर्ने ।

–प्रदेश संघर्ष समितिलाई पूर्णता दिन भेलाबाट संयोजकमा सुवास भट्ट, सहसंयोजक वेदप्रकाश महरा, सचिव कृष्णसिंह भाट, सहसचिव रवीन्द्र खड्का, कोषाध्यक्ष उद्धव चोख्याल, सदस्य अनिता लामीछाने, भुजन प्रसाद चौधरी, दान बहादुर भण्डारी किरण बाहेरा र कञ्चनपुर शाखा र बेलौरी शाखाबाट एकएक जना सदस्य थप गरि ११ जना सदस्सीय रहने गरि प्रदेश कमिटि संघर्ष समिति गठन गर्ने ।

–शिब शिखर सहकारी पिडित बचतकर्ताहरुको रकम फिर्ता गराउने, संघर्ष समितिले थाल्ने आन्दोलनमा सम्पूर्ण बचतकर्ताहरुको सहभागिता गराउने र आन्दोलनका कार्यक्रम एकैसाथ देशव्यापी बनाउनका लागि तिनै तहका संघर्ष समितिले आर्थिक व्यवस्थापनलाई सहजता बनाउने र सम्पर्क कार्यालय पनि जिल्लाजिल्लामा खोल्ने ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।