२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कैलालीबाट हराएका बृद्धको २२ दिनपछि कंकाल भेटियो

धनगढी – कैलालीबाट हराएका बृद्धको २२ दिनपछि कंकाल भेटिएको छ। जिल्लाको गोदारी नगरपालिका–३ मालिका टोलका ८४ वर्षीय बृद्ध २२ दिन देखि हराएका थिए। बृद्ध नन्दे रावतको कंकाल फेला परेको प्रहरीले जनाएको छ।

गोदावरी–३ मै पर्ने नवज्योति सामुदायक वनको जंगलमा कंकाल फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए। शनिबार स्थानीय महिलाहरुले घाँस काट्ने क्रममा कंकाल देखिपछि प्रहरी खबर गरेका थिए।

उक्त कंकाल नन्दे रावतको भएको प्रहरीले जनाएको छ। उनको लगाएको लुगा र चप्पलका आधारमा नन्देकै कंकला भएको पुष्टि भएको हो। उनी घरबाट सम्पर्क विहिन भएको २२ दिनपछि जंगलमा कंकाल भेटिएको छ।

छरिएर रहेको अवस्थामा कंकाल र छाता भेटिएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए। रुखमा झुण्डिएको अवस्थामा पुरुषले प्रयोग गर्ने धोती पनि भेटिएकाले पासो लगाएको हुन सक्ने अनुमान गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।