२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

धनगढीमा ठगी धन्दा स् विद्यार्थीलाई नक्कली शैक्षिक प्रमाणपत्र, विदेश पठाउने भन्दै रकम असुली

धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विद्यार्थीलाई नक्कली शैक्षिक प्रमाणपत्र थमाएर भिजिट भिसामा विदेश पठाइदिने भन्दै ठगी गरेको पाइएको छ ।

धनगढीको इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इनफर्मेसन टेक्नोलोजी प्रा।लि।ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० बाट ३९० घण्टाको छोटो अवधीका तालिम सञ्चालन गर्ने अनुमति लिएको छ तर उक्त संस्थाले सीटीईभीटीको लोगो प्रयोग गरेर तीन वर्षे डिप्लोमा तहका सिप विकास तालिम उत्र्तिण गरेको भन्दै विद्यार्थीलाई नक्कली शैक्षिक प्रमाणपत्र दिने गरेको पाइएको छ ।

कतिसम्म भने नक्कली शैक्षिक प्रमाणपत्र थमाएर भिजिट भिसामा इनटर्नसीप गराउने दुबई पठाउने भन्दै विद्यार्थीबाट रकम असुली समेत गरेको खुलेको छ । गत वर्ष एसईई परीक्षा उत्र्तिण गरेर दिदीको साथीमार्फत उक्त इन्सिच्युटमा होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययनका लागि भर्ना भएका धनगढी उपमहानगरपालिका–३ बिशालनगरका महेश चन्दले संस्थाले विदेश पठाउने भन्दै साढे दुई लाख रुपैयाँ अग्रिम लिएको बताए ।

‘कलेजले इन्टर्नसीपका लागि दशैँ र तिहारको बीचमा दुबई पठाउछु भनेर मसँग दुई लाख पचास हजार रुपैयाँ मागेको थियो । प्रिन्सिपल सरले त्यो बेला काम हुन सकेन भन्नुभयो,’ चन्दले भने, ‘अस्ति मंसिर २८ गते उडान हुन्छ । काठमाडौँ जानु भनेर २५ गते पठाउनुभयो । ७२ घण्टा प्रतिक्षा गर्नुस् भन्नुभयो । काम हुँदैन् भनेपछि २ गते धनगढी फर्किएको हुँ ।’

चन्दकाअनुसार इन्सिच्युटले ६ महिने कोर्ष भन्दै शैक्षिक शुल्क वापत मात्र एक लाख ८० हजार रुपैयाँ त्यसअघि नै लिइसकेको थियो भने १० हजार रुपैयाँ पोशाक खर्चका लागि लिएको थियो । ६ महिना मात्र उक्त इन्सिच्युटमा अध्ययन गरेका चन्दलाई प्रोफेसनल डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट ९लेबल–३ ० उत्र्तिण गरेको प्रमाणपत्र दिइएको छ । जबकी डिप्लोमा तह–३ को कोर्ष ३ वर्षको हुने गर्दछ । उक्त प्रमाणपत्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा परिषद्को लोगो र ओथम लेखिएको लोगो राखिएको छ ।

होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गराएर इन्टर्नसीप गर्न विदेश पठाउने प्रलोभन देखाएर भर्ना गरेको इन्सिच्युटले आफ्नो भविष्यमाथि खेलवाड गरेको गुनासो चन्दले गरेका छन् । उनकी दिदी प्रतिमा चन्दले अवैधानिक रुपमा इन्सिच्युट सञ्चालन गरी आफ्नो भाईसहितका विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इनफर्मेसन टेक्नोलोजीलाई कारवाही गरिनुपर्ने बताएकी छन् । चन्दले अहिलेसम्म विद्यार्थीबाट लिइएको रकमसहित क्षतिपूर्ति समेत दिनुपर्ने बताइन् ।

‘डिप्लो कोर्ष भनेर विद्यार्थीलाई भर्ना गरी यो इन्टिच्युटले ठगी गरेको छ । विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ,’ चन्दले भनिन्, ‘सबै विद्यार्थीबाट लिइएको रकम फिर्ता गरिनुपर्छ । इन्टिच्युटका सञ्चालकलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।’ इन्सिच्युटले अग्रिम पैँसा लिएर चन्दलाई विदेश नपठाएपछि उनीसँगै अध्ययन गरेर विदेश जान तयार भएका विद्यार्थीहरु समेत चिन्तामा परेका छन् ।

इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इन्र्फमेसन टेक्नोलोजीलाई शैक्षिक शुल्क बाहेक विदेश जान दुई लाख ५० हजार बुझाइसकेका धनगढीकै किरण बिष्टले कलेजले आफूहरुमाथि अन्याय गरेको बताए ।

‘होटल म्यानेजमेन्टमा डिप्लोमा कोर्ष गरेपछि इन्टर्नसीप गर्न विदेश पठाउछौँ भनेपछि हामी पनि भर्ना भएका थियौँ,’ बिष्टले भने, ‘शैक्षिक शुल्क छाडेर मैले पनि साढे दुई लाख दिएको छु तर काम हुन्छ की हुँदैन थाहा छैन । साथीको अवस्था देख्दा कलेजले हामीमाथि अन्याय गरेको जस्तो लाग्दैछ ।’ आफूजस्तै अन्य साथीहरु पनि अन्यौलमा परेको बिष्ट बताउँछन् ।

सहमतीमै विदेश पठाउन खोजेको दाबी

इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इनफर्मेसन टेक्नोलोजीले भने अभिभावकै सहमतीअनुसार भिजिट भिसामा विदेश पठाउने प्रक्रिया थालेको बताउँदै अहिले सरकारले रोकेका कारण सफल नभएको दाबी गरेको छ । टेक्नोलोजीका प्रिन्सिपल सबिन रोकायाले अभिभावकै आग्रहअनुसार भिजिट भिसामा विदेश पठाउन खोजेको दाबी गरेका हुन् ।

‘हामीले विद्यार्थीहरुलाई यसअघि पनि विभिन्न देश जस्तै, अमेरिका, डेनमार्क, दुबईमा पठाएका छौँ । महेश चन्दको हकमा उहाँको अभिभावकै आग्रहअनुसार भिजिट भिजामा पठाउने प्रयास गरेका हौँ,’ रोकायाले भने, ‘उहाँसँगै साथीहरुलाई भारत पठाएको छौँ ।’ रोकायाले लन्डनको ओथम क्वालिफिकेसनबाट स्वीकृत लिएर ६ महिना पढाउने र एक वर्ष इन्टर्नसीप गराएर भोकेसन लेबल ३ को सर्टिफिकेट दिने गरिएको बताए । तर ६ महिना पढाएर डिप्लोमा तह ३ उत्र्तिण गरेको प्रमाणपत्र विद्यार्थीलाई थमाइएको छ ।

संस्थाको वैधानिकतामाथि प्रश्न

इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इनफर्मेसन टेक्नोलोजीले विद्यार्थी महेश चन्दलाई थमाएको डिप्लोमा तहको प्रमाणपत्रमा प्राविधिक शिक्षा तथा व्यावसयिक तालिम परिषद्९सिटीईभीटी०को लोगो समेत प्रयोग गरेको पाइएको छ । सिटीईभीटीबाट सम्बन्धन प्राप्त गरेको अवस्थामा समेत आफ्नै लोगो र छाप प्रयोग गर्नुपर्ने हो तर यो इन्सिच्युटले विद्यार्थीलाई दिएको सर्टिफिकेटमा सिटीईभीटीसँगै ओथम क्वालिफिकेसन लेखिएको लोगो प्रयोग गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा परिषद्का सूचना अधिकारी एकराज अधिकारीले इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इन्र्फमेसन टेक्नोलोजीले ३९० घण्टाका छोटो अवधीमा पाँच वटा तालिम सञ्चालन गर्ने स्वीकृति लिएको पाइएको बताए । उनकाअनुसार बार टेन्डर, जर्नल कुक, अस्सिटेन्ट वेटर, हाउस किपिङ र बेकर तालिम सञ्चालनको अनुमती लिइएको छ । यो बाहेक इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इन्र्फमेसन टेक्नोलोजीले डिप्लोमा तहका कुनै पनि कार्यक्रम सञ्चालनको अनुमती लिएको छैन ।

‘सीटीईभीटीबाट जुन कार्यक्रमको स्वीकृति लिएको छ त्यो बाहेक अरु चलाउन पाइदैन् । त्यो संस्थाले ३९० घण्टाको तालिम चलाउने अनुमती लिएर डिप्लोको प्रमाणपत्रमा हाम्रो लोगो प्रयोग गरेको देखिन्छ, त्यो अवैधानिक हो । गर्न पाइदैन्,’ अधिकारीले भने ।

नेपालमा सीटीईभीटी बाहेक अहिलेसम्म अन्य वैदेशिक संघसंस्थाले सीप विकास सम्बन्धी तालिम सञ्चालन गर्ने अनुमती पाए(नपाएको कुरा जानकारीमा नरहेको बताउँदै अधिकारीले प्रमाणपत्रमा लोगो प्रयोग गरिएको ओथमको वैधतामाथि समेत प्रश्न उठाएका छन् । ‘नेपालमा विदेशी संस्थाले अनुमती लिएर सीप विकासका कार्यक्रम सञ्चालन गरिरहेको कुरा हाम्रो जानकारीमा छैन,’ अधिकारीले भने, ‘त्यो ओथम भन्ने के हो रु त्यसको बैधता के हो रु त्यो कुरा सम्बन्धीत प्रशासनले छानविन गरेपछि थाहा होला ।’

इन्सिच्युटले दाबी गरेको ओथमको स्वीकृत पत्र

इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इनफर्मेसन टेक्नोलोजीका प्रिन्सिपल रोकायाले भने सर्टिफिकेटमा सिटीईभीटीको लोगो त्रुटीबस पर्न गएपनि ओथम भन्ने संस्था भने बैध नै भएको दाबी गरेका छन् । तर ओथमले प्रदान गरेको भनिएको प्रमाणपत्रमा डिजिटल लोगो बाहेक छाप समेत प्रयोग गरिएको देखिदैन् ।

अर्कोतिर यो संस्था धनगढी उपमहानगरपालिका–३ को कोभिडा इन्टरनेशनल एकेडेमीको भवनमा सञ्चालनमा रहेपनि कार्यालय देखिनेगरी कुनै बोर्ड समेत राखिएको छैन ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।