काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै आउँदो चुनावमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ ।



आज बिहीवार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा अहिले अन्तर्घात गर्ने रोग लागेको बताउनुभयो । उहाँले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रूपमा स्थापित गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसमा अन्तरघात गर्ने रोग लागेको छ । आउँदा दिनमा पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै भरसक बहुमत प्राप्त गर्ने पार्टीका रूपमा स्थापित गर्न आग्रह गर्दछु ।’
सभापति देउवाले आउँदा दिनमा कांग्रेसले एकल सरकार बनाउन सक्नुपर्ने बताउनुभयो ।
Views: 231

























