२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

लोक सेवाको परीक्षामा इयरफोन प्रयोग गरी चिट चोरेपछि…

काठमाडौं – लोक सेवा आयोगले परीक्षामा इयरफोन प्रयोग गरेर चिट चोरेको फेला पारेपछि एक परीक्षार्थीको सबै परीक्षा रद्द गरेको छ । मंसिर १० गते नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह रा.प. अनंकित द्वितीय श्रेणी अमिनको जाँच दिन गएका रुकुम पश्चिमका दीपक नेपालीको सबै परीक्षा रद्द भएकाे हो ।

“निजले परीक्षाको मर्यादा विपरीत दाहिने कानमा इयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको स्वीकार गरेको,” आयोगले जारी गरेको सूचनामा लेखिएको छ ।

उनले चिट चोरेको स्वीकार गरेपछि आयोगले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१(१) खण्ड (क) बमोजिमको कसूर अन्तर्गत कारबाही गरेको छ ।

 सो ऐनमा कसुर गर्ने व्यक्तिको उक्त विज्ञापनको सबै परीक्षा रद्द गर्ने उल्लेख छ । त्यस्तै उनलाई आयोगले सोही ऐनको दफा ४१(२) को खण्ड (क) बमोजिम आयोगबाट लिइने परीक्षामा आगामी दुई वर्षको अवधिसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ ।

 

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।