२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

चालक नहुँदा मेयर आफैंले चलाउँछन् एम्बुलेन्स

मुगुः जिल्लाको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफैंले एम्बुलेन्स चलाएर बिरामीलाई अस्पताल लैजान थालेका छन्। एम्बुलेन्स चालक काम विशेषले घर गएपछि सेवा प्रभावित हुन नदिनका लागि मेयर भाम आफैंले एम्बुलेन्स सञ्चालन गर्न थालेका हुन्।

बिरामीलाई एम्बुलेन्स सेवाबाट हुन नदिन नगरपालिकाको अन्यकाम छाडेर एम्बुलेन्स चलाउन थालेको नगर प्रमुख भामले बताए। छायाँनाथ रारा नगरपालिकाका(६ बालै गाउँका ७० वर्षीय बिरामी लोकबहादुर भाम र सोही गाउँकी ६८ वर्षिया बिरामी हिउँकला भामलाई उपचारका लागि मेयर आफैंले एम्बुलेन्स चलाएर जिल्ला अस्पताल पुर्‍याएको बिरामीका आफन्त जनकबहादुर भामले बताए।

बिरामीका आफन्त भामका अनुसार एम्बुलेन्सका लागि नगरपालिकामा दुईरतीन पटक फोन गर्दा चालक नभएको जानकारी आएको थियो। उक्त समस्या मेयरलाई सुनाएपछि मेयर भाम आफै एम्बुलेन्स ल्याएर गाउँमा पुगेको उनको भनाइ छ।

नगरपालिका कामसँगै आवश्यकता अनुसार बिहान र बेलुकाको समयमा एम्बुलेन्सको चालक नभएको बेलामा आफैले बिरामीलाई अस्पतालसम्म पुर्‍याउने कामलाई निरन्तरता दिने नगर प्रमुख भामले बताए।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।