२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

डडेल्धुरामा जिप दुर्घटनाः तीनजना घाइते

डडेल्धुराः डडेल्धुराको आइत बजार नजिक जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बुधबार बेलुका जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा नवदुर्गा गाउँपालिका– १ का ३० वर्षीय जिप चालक दीपेन्द्रबहादुर बुढाऐर, नवदुर्गा–४ का २७ वर्षीय दीपेन्द्र बोहरा र अमरगढी नगरपालिका– ८ का ४२ वर्षीय दानबहादुर ओली रहेका छन्। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।