डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुरामा रहेको सामाजिक बिकास कार्यालय विगत तीन महिना देखि कार्यालय प्रमुख बिहिन भएकोछ । कार्यालय प्रमुख नहँदा कार्यालय बाट संञ्चालित योजनाहरुको सम्झौता तथा कर्मचारिहरुको तलव रोकिएकोछ । हामीले कार्यालयका सुचना अधिकारि कमला भट्ट सँग बुझ्दा कार्यालय प्रमुख बिहिन भएको तीन महिना भएको मन्त्रालयले अहिले आएर कार्यालय प्रमुख पठाउने भन्नेछ जानकारि अनुसार एक हप्ता भित्र कार्यालय प्रमुख आउने जानकारि छ ।
कार्यालय प्रमुख नहँदा कार्यालयबाट संञ्चालित हुने योजनाहरुको सम्झौता हुन सकेको छैन जसले गर्दा भौतिक संरचनाहरु निमार्णमा ढिलाई हुदैँ गएकोछ भने कार्यालयमा रहेका कर्मचारीहरुले पनि पाएका छैनन् ।



Views: 498

























