२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

दीक्षान्त समारोहमा धेरै विद्यार्थी उपस्थित गराएर त्रिविले बनायो विश्व कीर्तिमान

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा भौतिक उपस्थितमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान कायम गरेको छ।

सोमबार काठमाडौँको दशरथ रंगशालामा आयोजित४९ औं दीक्षान्त समारोहमा सबै भन्दा धेरै सङ्ख्यामा विद्यार्थी तथा अभिभावकको उपस्थित भएको भन्दै आधिकारिक वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई प्रमाणपत्र प्रदान गरेको हो।

यस पटक विश्वविद्यालयबाट कुल ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुने योग्य थिए। जसमध्ये समारोहमा कुल १२ हजार ४ सय १५ विद्यार्थी र तिनका १३ हजार ७ सय अभिभावक गरी कुल २६ हजार एक सय १६को उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको त्रिविका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसालले जनाए।

कार्यक्रम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिविले धेरै विद्यार्थी दीक्षित गरी विश्व कीर्तिमान कायम गरेसँगै अब विश्व प्रतिस्पर्धी शैक्षिक जनशक्ति उत्पादनमा पनि जोड दिनु पर्ने भन्दै अगामी दिनमा उत्कृष्टताको केन्द्र बन्दै जाने शुभकामना समेत दिए।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।