२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

स्केच सार्वजनिक गर्दा पनि मृतकको सनाखत भएन

काठमाडौंः गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो ।

 कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका वडा नं १२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ केन्द्रीय बस टर्मिनल (बसपार्क) सडकखण्डको केरुङगा घोल (खोला) को कल्भर्ट मुनी जुटको बोराभित्र दुई जनाको शव भेटिएको थियो ।

 अन्दाजी २५ वर्षको पुरुष र ३० वर्षकी महिलाको शव भेटिएपछि प्रहरीले सनाखत गर्न लागेको हो । शवको सनाखत नहुँदा घटनाको अनुसन्धानमा समेत समस्या परेको उनले बताए । उनले भने, “सनाखत नहुँदा घटनाको दोषिसम्म पुग्न कठीन भएको छ ।” सनाखतका लागि प्रहरीले ७७ जिल्लामा सूचना पठाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।