२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

नेपाल आइडलको फाइनल अर्को साता , को बन्ला त विजेता ?

काठमाडौँ । ‘नेपाल आइडल सिजन ३’ ले आफ्नो उत्कृष्ट ३ प्रतिस्पर्धी पाएको छ।  कोरोनाको प्रकोपले गर्दा झण्डै ८ महिना अघि सुरु भएको नेपाल आइडल सिजन ३ ले गत चैत्र महिना भित्र मै आफ्नो नयाँ आइडल पाइसक्नु पर्ने हो तर आइडल प्रभावित भएको थियो।

साउनमा लकडाउन केही खुकुलो भएसंगै पुनः सञ्चालनमा आएको आइडलको फाइनल अर्को साता हुने भएको छ।

यस सिजनको उपाधीको होडमा मोहत्तरी मोरङकी सज्जा चौलागाँई, बर्दिबासका किरण भुजेल  र बर्दियाका प्रविन भेटवाल रहेका छन्। तीनै जनाको फरक फरक गायकी शैली भएका कारण यस पटकको प्रतिस्पर्धा थप रोचक हुने अनुमान गर्न सकिन्छ।

नेपाल आइडलमा पहिलो पटक ‘वाइल्ड कार्ड’ प्रवेशबाट किरण भुजेलले उत्कृष्ट ३ को यात्रा सुनिश्चित गरेको हो। फिल्मी गीत र रोमान्टिक गीतमा माहिर किरण लामो समय देखि संगीत क्षेत्रमा संर्घषरत रहेका छन्।

रोमान्टिक गायकी क्षमताका कारण चर्चामा पुगेका किरण ‘वाइल्ड कार्ड’ बाट प्रवेश गरेर आईडलमा इतिहास रच्ने ध्याउन्नमा रहेका छन्। ‘नेपाल आइडल सिजन ३’को अर्की दावेदार सज्जा चौलागाँई बलियो प्रतिस्पर्धी मान्ने गरिन्छ। यस पटकको आइडलको उपाधी महिलाले लैजानु पर्छ भन्ने शुभेच्छाका कारण सज्जा केही दवावमा पनि परेकी छन्।

रक पप जनरामा अब्बल सज्जाले आफ्नो गायकी जादूबाट धेरै प्रशंसक कमाएकी पनि छन्। हेरौँ यस पटकको आईडल सज्जाको पोल्टामा पर्छ की ? आइडलका अर्का बलिया प्रतिस्पर्धी हुन् प्रविन भेटवाल।

शास्त्रीय संगीतमा विशेष क्षमता भएका प्रविन धेरै संगीतकर्मीहरुको नजरमा परिसकेका छन्। उनको गायकी क्षमताको आईडलका निर्णायकहरु नै प्रशंसक रहेका छन्।क्लासिकल तथा आधुनिक गीत गाउन माहिर प्रविन पनि आईडल बन्ने होडमा रहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।