२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

शिक्षाको गुणस्तर सुधारका लागि नवदुर्गामा बहस कार्यक्रम सम्पन्न

डडेल्धुराः डडेलधुराको नवदुर्गा गाउँपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि सारेकारवालहरु सँग बहस कार्यक्रम गरिएकोछ । लुनिाभा बाल सरोकार डडेल्धुराको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम मंगलबार पालिकाको सभा हलमा सम्पन्न भएको छ ।

No description available.

पालिकाको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा भए गरेका प्रयास, अभ्यास र विद्यालयमा भएका समस्याहरुको बारेमा छलफल गरिएको थियो ।
पछिललो समयमा लुनिभा बालसरोकारले डडेल्धुराको भागेश्वरको वडा नंम्बर ४ र ५, नवदुर्गाको १र २ गरि ४ वडामा शिक्षा तथा समुदाय लक्षित गरेर कार्यक्रमहरु चलाउदै आएको छ ।

No description available.

पालिका उपाध्यक्ष निर्मला बोगटी भन्नुहुन्छ “नवदुर्गा गाउँपालिकाले शिक्षा लाई प्राथमिकतामा राखेर कामहरु गर्दै आएकोछ । नवदुर्गा गाउँपालिकामा भएका विद्यालयको गुणस्तर सुधारका लागि हाम्रो टिम लागि परेकाछ । हामीले अनुगमन लाई निरन्तरता दिएकाछौ । विद्यालयमा विद्यार्थीको गुणस्तर सुधारका शिक्षकहरु लाई अभिमुखिकरण कार्यक्रमहरु चलाउदै आएका छौ , हामीले यसका लागि पनि बजेट विनियोजन गरेका छौ । पहिला भन्दा हाल हेर्दा सकारात्क परिर्वतन आएकोछ । यसमा लुनिभाको पनि ठुलो योगदान रहेकाछ ।

लुनिभा डडेल्धुराका प्रमुख भुवन बिष्ट भन्नुहुन्छ “हामीले पछिल्लो समयमा शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय र समुदाय लक्षित कार्यक्रमहरु गर्दै आएका छौ । यसमा स्थानीय सरकारको सहकार्य राम्रो पाएका छौ । पहिले भन्दा अहिले निकै परिर्वतन आएकोछ । हामीले पालिकाको निती निमार्णमा बालबालिकाका बिषयहरु लाई उत्थान गर्ने गरेका छौ यो हाम्रा लागि सकारात्मक कुरा हो ।

No description available.

लुनिभा बाल सरोकारका कार्यक्रम संयोजक कृष्ण मर्हजन- हामीले शैक्षिक गुणस्तर सुधारका लागि कार्यक्रमहरु गर्दै आएका छौ । हामीले समस्या पहिचान र तिनको समाधान खोज्ने गरेका छौ । हामीले एक वडा बाट एक एक नमुना विद्यालय घोषणा गर्ने छौ । शिक्षकहरु लाई नमुना विद्यालय भ्रमण लगायतका कार्यक्रमहरु आगामी दनिमा रहनेछन् । जसले गर्दा शिक्षाको गुणस्तरमा सुधार हुनेछ ।No description available.

यस्तै कार्यक्रममा बोल्दै शिक्षा समिती संयोजक शेर बहादुर साउद भन्नुहुन्छ “हामीले अनुगमन लाई निरन्तरता दिन्छौ । हामीले विद्यालयको समस्याहरु पहिचान गरि तिनको समाधानका लागि हामीले योजना निमार्ण गर्छौ । हामीले पालिकाको गुणस्तर सुधारका लागि विद्यालयमा लगानी गर्नु जरुरि देखिन्छ । हामीले सोचे जस्तो नतिजा ल्याउनुका लागि सबै शिक्षकहरुको अठोट लिनु पर्ने हुन्छ हामी यो अभियानमा सधै सहयोग गर्छौ । बिग्रेका संरचना बनाउनु समय त लाग्छ नै यसको नतिजा विस्तारै आउला तर हामीले चाहे पछि परिर्वतन सम्भव छ हामी सबै हातेमालो गरौ शिक्षाको गुणस्तर लाई सुधार गरौ ।

 

 

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।