काठमाडौं- बारामा भरुवा बन्दुकसहित बाबु-छोरा पक्राउ परेका छन्। निजगढ नपरपालिका वडा नम्बर–१ पिपलटारका ५७ वर्षीय प्रेमबहादुर स्याङतान र उनका ३३ वर्षीय छोरा जनकबहादुर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।



लोड भएको दुई नाल भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरेको ३५ टुक्रा छर्रा, ७ टुक्रा र आधा बोतल बारुद प्रहरीले बरामद पनि गरेको छ।
धन्सर खोलामा बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Views: 194

























