भागेश्वरमा शैक्षिक गुणस्तर बर्ष २०८० प्रभावकारि बन्दै – खबरदारी न्युज (khabardarinews.com)



डडेल्धुरा/दिपकराज भट्ट- पाचँ वडा रहेका भागेश्वर गाउपालिकाले पालिका लाई शैक्षिक गुणस्तर कर्ष २०८० घोषणा गरेर काम गर्दै आएको छ । पालिकामा रहेका ३४ विद्यालय मध्ये २ विद्यालयलाई पालिकाले मर्ज गरेर ३२ को संख्या कायम गरेकोछ । शिक्षा क्षेत्रलाई अगाडि बढाएर पालिकाको बिकास गर्नका लागि पालिकाले यो अभियान चालेकोछ । यो अभियान सफल पार्नका लागि सबैले आ आफ्नो क्षेत्र बाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पालिकाले अभियान अन्र्तगर्त विदालयमा अनुगमन, शिक्षक, अभिभावक लाई अभिमुखिकरण, सुचना अधिकारि लाई तालिम, बालक्लव गठन , आम बहस जस्ता कार्यक्रमहरु सम्पनन गरिसकेकोछ ।
सोमबार भागेश्वर गाउँपालिकाले शिक्षा बहस छलफल आयोजना गरि आम नागरिकको गुनोसोहरु संकलन गरेकोछ । बहसमा ११ टिम बनाएर विभिन्न बुदाहरुमा बहस गरिएको थियो । कार्यक्रममा बोल्दै
पालिकाका प्रमुख प्रशासकिय अधिकृत भननुहुन्छ “गुणस्तरिय शिक्षाका लागि सबैको धारणा सकारात्मक हुनु पर्ने । पालिकाले आन्तरिक शिक्षक राख्न सकिदैन पालिकाको आम्दानी नै न्युन रहेकोछ तर पालिकाको राजस्वमा बृद्धि भयो भने अवश्य नै व्यवस्था हुन्छ । 
उता लुनिभा बाल सरोका डडेल्धुराका प्रमुख भुवन बिष्ट भन्नुहुन्छ “पालिकामा वडा नंम्बर ४ र ५ का विद्यालयहरुमा बाल संरक्षण समिती गठन गरेको पाईएन, त्यसले गर्दा बालबालिकामा माथि भएका र्दुव्यवहारहरु पत्ता लाग्ने थिए कि ? भन्ने हो । विद्यालयमा गुनासो पेटिका राख्ने गुनासो सुनुवाई गर्न सकियो भने यसको प्रभाव गुणस्तरिय शिक्षामा अवश्य पथ्यो नै ।

असल नेतृत्व, असल अभिभाकत्व,पारिवारिक वातावरण, सामाजिक वातावरण, अभिभावक शिक्षा, अन्र्तकिया जस्ता गतिविधिहरु, बाल मनोविज्ञानका कुरा,शिक्षकहरु लाई बिषयगत तालिम जस्ता बिषलाई ध्यानमा राख्नु पर्ने शिक्षक केशव राज पन्तले बताए । 
अभियान सफल पार्नमा सबै राजनितीक दलको सहभागिता , बहसमुलक कार्यक्रमहरु, सरोकारवालाहरु सँग बहस , अभिभावकहरु सँग बहस, छलफल हाम्रा अशिक्षत समाजका अशिक्षित अभिभावक छन् । त्यी अभिभावकहरुको पनि गुरु बननु पर्ने शिक्षा समिती संयोजक तथा वडा नंम्बर ३ का अध्यक्ष डम्बरराज जोशीले बताए ।
शिक्षा ईकाई डडेल्धुरा प्रमुख नारद प्रसाद जोशी भन्नुहुन्छ “ हामीले पदको अहमता देखाउनु हुँदैन हामीले सबै कार्यहरु गर्नु पछ । विद्यालयमा रहेका समस्याहरु समाधान गनुृ हामी शिक्षकहरुको भुमिका रहन्छ । यो बहस लाई सफल पार्न हामीले विद्यालय लाई समय दिने गरौ । हामीले आन्दोलनका क्रममा विद्यालय बन्द गरेको स्विकारौ हामीले यो हिउदे विदामा आन्दोलनमा भएका बिदाका दिन काटेर बिदा गरौ ।

पालिका उपाध्यक्ष पुस्पा ठकुराठि भन्नुहुन्छ-
हामीले ११ शिर्षकमा छलफल गरेका छौ । हामीले जुन शैशिक्ष बर्ष घोषणा गरेका छौ । यसमा गहन छलफल गरेर यो योजना बनाएका हौ । यो शिक्षाका माध्यम बाट भागेश्वर लाई नमुना बनाउनु छ । हामीले पढाएको बिषयबाट बच्चाहरु कति सुनुष्ट छन् यो हामीले बुझ्नु जरुरि छ । पहिला भन्दा अहिले निकै परिर्वत आएकोछ । शिषाको परिर्वत हालै देखिने होईन यो विस्तारै देखिन्छ । सबैले आफ्नो जिम्मेवारि बहन गर्नु जरुरिछ ।
पालिकाका शिक्षा शाखा प्रमुख
गणेश पौडेलको भनाई छ- भागेश्वर गाउँपालिका शैक्षिक सुधारका लागि गुणस्तरिय बर्ष २०८० घोषणा गरिएको हो । यो बहसको महत्वपुर्ण भुमिका रहन्छ । यस बहसमा कसको भुमिका बारेमा छलफल गरेकोछ । यो अभियानको नतिजा देखिदै गएकोछ । शिक्षकहरुका लागि तालिम सुचना अधिकारिहरुका लागि तालिम संञ्चालन गरिसकेका छौ आगामी दिनमा पनि यस्ता अभिमुखिकरणहरु लाई निरनतरता दिने छौ ।

भागेश्वरमा शैक्षिक गुणस्तर बर्ष २०८० प्रभावकारि बन्दै – खबरदारी न्युज (khabardarinews.com)
एक अर्कामा सहयोग गर्नु पनि सिक्नु पर्छ
हरौं भिडियो ।

























